Thursday , January 20 2022
Breaking News
Home / समाचार / मलेसियाको अस्पतालमा उपचाररत नेपाली चेली सन्जिताको निधन

मलेसियाको अस्पतालमा उपचाररत नेपाली चेली सन्जिताको निधन

पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार नुवाकोट निवासी २८ बर्षिय अविवाहित नेपाली महिला श्रमिक पासपोर्ट नम्बर ०६४८७०६९ नम्बर भएकी सन्जिता थिङ तामाङको आज मिति सन २०२१/०८/१४ तारिख शनिबार बिहान राजधानी क्वालालम्पुरको अस्पतालमा मृत्यु भएको हो।

केहि दिनदेखि अस्पतालमा भर्ना भई उपचाररत सन्जिताको मृत्युको कारणबारे डाक्टरको भनाई अनुसार मृतक सन्जिताको टाउकोमा पानी जमेको थियो। हामीले बचाउने कोशिस गर्दागर्दै पनि बचाउन नसकेको डाक्टरले बताएको कुरा मृतकको शवलाई हेर्न अस्पताल पुगेका एक नेपालीले जानकारी दिनुभयो।

मृतक सन्जिता राजधानी क्वालालम्पुरमै अवस्थित नेपाली रेष्टुरेन्ट मेरि बास्सैमा बिगत दुई बर्षदेखि काम गर्दै आएकी थिइन।

हाल मृतकको शवलाई अन्तिम दाहसंस्कार गर्नको लागि स्वदेश फर्काउनलाई आवश्यक सम्पुर्ण कागजात बनाउन मिलाउनको लागि मलेसियन कास्केट कम्पनीलाई जिम्मेवारी दिईसकिएको जानकारी प्राप्त भएको छ।

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *