Thursday , October 28 2021
Breaking News
Home / अन्तरास्ट्रिय / अफगानिस्तानका राष्ट्रपति अशरफ गनी विदेश भाग्दा जे देखियो, भिडियोमा हेर्नुहोस्

अफगानिस्तानका राष्ट्रपति अशरफ गनी विदेश भाग्दा जे देखियो, भिडियोमा हेर्नुहोस्

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। ता’लिबा’नकाहरू राजधानी काबुल छिरेको केही घन्टामै घानी हवाई मार्गबाट ताजिकिस्तान गएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

सुरक्षाका कारण घानी कहाँ छन् भन्नेबारे राष्ट्रपति कार्यालयले कुनै जानकारी दिएको छैन। समाचार संस्था एपीले स्रोतहरूलाई उद्धृत गर्दै घानीले अफगानिस्तान छोडेको बताएको छ।

ता’लिबा’नका एक जना प्रतिनिधिले घानी कहाँ छन् भन्नेबारे आफूहरूले खोजी गरिरहेको बताएका छन्। यसअघि आइतबार दिउँसो शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरणका लागि ता’लिबा’न प्रतिनिधिहरू राष्ट्रपति कार्यालय गएका थिए।

ता’लिबा’नहरूले काबुललाई आफूहरूले बलपूर्वक नियन्त्रणमा नलिने बताएका थिए। उनीहरूले हरेक नागरिकको जीवन र सम्पत्तिको आफूहरूले रक्षा गर्ने उल्लेख गर्दै कसैलाई पनि देश नछोड्न भनेका थिए।

आइतबार दिउँसो काबुलको हमिद कारजाई विमानस्थलमा केही उच्च सरकारी अधिकारीहरू आएको विवरण सार्वजनिक भएका थिए। राष्ट्रपति घानी पनि त्यही बेला विमानस्थल पुगेको अनुमान गरिएको छ।

सार्वजनिक एक भिडियोमा उनी जहाजमार्फत भा’गेका छन् भने उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन् । उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तो भिडियोमा आवाज सुनिन्छ । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।

About admin

Check Also

राजधानीमा ताइपेईमा शक्तिशाली भूकम्प कम्पनको महसूस

आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरुले उत्तरपूर्वी ताइवानमा राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस …

Leave a Reply

Your email address will not be published. Required fields are marked *