Sunday , September 19 2021
Breaking News
Home / समाचार / धादिङमा सुटिङको गाडी दुर्घटना : माओवादी नेतृको मृत्यु, आधा दर्जन घाइते (नामसहित)

धादिङमा सुटिङको गाडी दुर्घटना : माओवादी नेतृको मृत्यु, आधा दर्जन घाइते (नामसहित)

राति २ बजे बा ३ ख ४०१४ नम्बरको गाडी र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ–३ की २७ वर्षीया रेनुका कुलुङ राईको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । निर्देशक परिपुलुङ राईको बहिनी हुन रेनुका ।

मृतक कुलुङ नेकपा माओवादी (केन्द्र) निकट वाईसियल नेपाल सोलुखुम्बु जिल्ला समितिको सदस्य तथा अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस समितिको पुर्व सदस्य समेत हुन ।

दुर्घटनामा परेका मध्य घाइते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् । जसको ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष लामाले बताए । निर्देशक परिपुलुङ राईको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा सुटिङ गाडीका चालक विजय पनि गम्भिर घाइते भएका छन् । उनको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा परेका दुबै गाडी भने गजुरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

About admin

Check Also

चितवनमा साथीले लिए आफ्नै साथीको ज्यान !

चितवनको राप्ती नगपालिका ९ मा एक व्यक्तिले छिमेकीको ह’ ‘त्या गरेका छन्। राप्ती ९ शीतल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *