Sunday , September 19 2021
Breaking News
Home / प्रमुख समाचार / अफगानिस्तानमा रहेका नेपाली भन्छन्–‘सरकार, हामीलाई छिटो उद्धार गर’

अफगानिस्तानमा रहेका नेपाली भन्छन्–‘सरकार, हामीलाई छिटो उद्धार गर’

कैलाली धनगढीका प्रशान्त भट्ट (परिवर्तित नाम) ६ वर्षदेखि अफगानिस्तानको काबुलमा छन्। त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ अमेरिकी सेनाको क्याम्पमा काम गर्छन्। उनीसँगै त्यहाँ १२ नेपाली काम गरिरहेका छन्। उनीहरूले हवाई उडान ठप्प रहे पनि जतिसक्दो चाँडो उद्धार गरेर स्वदेश फर्काइदिन माग गरेका छन्।

‘सरकारले हामीलाई यहाँबाट जतिसक्दो चाँडो उद्धार गरेर हाम्रो जीउज्यानको रक्षा गरिदेओस्’, भट्टले अन्नपूर्ण पोस्ट्सित भने। सरकारले भने तत्काल उद्धारको कुनै योजना बनाएको छैन। जोखिम मोलेर अनौपचारिक रूपमा पुगेका नेपाली त झनै त्रासमा रहेको जनाइएको छ।

ता’लिबा’न काबुल प्रवेश गरेपछि आफूहरू त’नावमा रहेको भट्टले बताए। ‘अहिले काबुल त’नावग्र’स्त छ, स्थिति खराब छ’, भट्टले भने, ‘हामी डेन्जर जोनमा छौं।’

वि’द्रो’हीहरू राजधानीभित्र छिरिसकेकाले जति बेला जे पनि हुन सक्ने त्रास उत्पन्न भएको उनले सुनाए। ‘हामीले सावधानी त अपनाइरहेका छौं। तर, जति बेला जे पनि हुन सक्ने डरले चिन्तित छौं’, भट्टले भने।

अफगानिस्तानमा नेपाली राजदूतावास नभएकाले उद्धारका लागि कहाँ कोसँग पहल गर्ने अन्योल भएको उनले बताए। काबुलमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समितिसमेत छैन। अमेरिकी सेना काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा अझै कार्यरत छन्। उनीहरूले नेपाली कामदारलाई उच्च सतर्कता साथ बस्न भनेका छन्। ‘भित्र त त्यस्तो केही भएको छैन। तर, हाई अलर्ट भएर बस्न निर्देशन दिएका छन्’, उनले भने।

ता’लिबा’नले शान्तिपूर्ण तवरले सत्ता प्राप्तिको पक्षमा रहेको बताइरहे पनि ढुक्क हुन नसकिने त्यहाँ रहेका नेपालीले बताएका छन्। ‘हामी अमेरिकी सेनासँग भएकाले केही राहत त महसुस गरेका छौं। तर, मनमा शान्ति छैन’, नाम नबताउने सर्तमा अर्का नेपालीले भने। ता’लि’बा’नले राजधानीसमेत क’ब्जा गर्दै आएकाले तत्काल शान्ति होलाजस्तो नदेखिएको उनले बताए। वैदेशिक रोजगारीका क्रममा बर्सेनि हजारभन्दा बढी नेपाली अफगानिस्तान पुग्ने गरेको पाइएको छ। अन्नपूर्ण पोष्टमा यो खबर छ ।

About admin

Check Also

एमसीसी पास नगरे आर्थिक नाकाबन्दी लगाउने चेतावनी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *