Monday , October 25 2021
Breaking News
Home / समाचार / घरमा १५ महिनादेखि अष्ट्रेलियामा छु भनेकी छोरीको काठमाडौंको होटेलमा लाश फेला परेपछि…

घरमा १५ महिनादेखि अष्ट्रेलियामा छु भनेकी छोरीको काठमाडौंको होटेलमा लाश फेला परेपछि…

काठमाडौ । कुनै घटना यस्तो फिल्मी शैलीमा भइरहेका छन् की विश्वास नै गर्न सकिन्न । काठमाण्डौँमा केहि दिन अगाडी यस्तै घटना भएको छ ।

निषेधाज्ञाको समयमा सुन्धारामा रहेको होटल प्रेसिडेन्टमा एक महिलाको लाश फेला पर्यो । तर घटना निक्कै शंकास्पद छ । विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङको लाश होटलमा भेटिएको हो ।

होटलको कोठामा रहेको शिलिङमा उनी मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार घटना निक्कै शंकास्पद छ रजनी गुरुङले विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा छु भनेर घर परिवारलाई जानकारी दिइरहेकी थिइन् ।

महानगरिय प्रहरी परिसर काठमाडौका प्रवत्ता रमेश कुमार बस्नेतका अनुसार पोखरा घर भएकी उनी मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुशन्धान थालेको छ ।उनी मृत भन्ने थाहा पाएपछि प्रहरी पुग्यो । खानतलासी गर्दा उनी पोखराकी रजनी गुरुङ भन्ने पत्ता लाग्यो । त्यसपछि उनका परिवार झिकाईयो ।

अभिभावकको उपस्थितीमा परीक्षणका लागि पठाइएको बस्नेतको भनाई छ । मृतक गुरुङको मृत्यु कसरी भयो भन्ने बारेमा परीक्षण गरिपोर्टपछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् ।

तर रजनी गुरुङले घरपरिवारमा विगत पन्ध्र महिनादेखि अस्ट्रेलिया पुगिसके भनेर बताएका कारण उनले किन ढाँटिन् ? पन्ध्र महिनादेखि उनले के गरेर कहाँ बसिन् । यो सबै पत्ता लगाउन प्रहरीले गहिरो अनुशन्धान गरिरहेको छ ।

About admin

Check Also

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक फ,’सादमा

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *