Thursday , October 28 2021
Breaking News
Home / मनोरंजन / वाईसीएल कार्यकर्ताले प्रदेशकी सांसद विमला वलीले चु’म्मा गरेको रोमान्टिक तस्बिर फेसबुकमा राखेपछि…

वाईसीएल कार्यकर्ताले प्रदेशकी सांसद विमला वलीले चु’म्मा गरेको रोमान्टिक तस्बिर फेसबुकमा राखेपछि…

दाङ । लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एमाले र माओवादी पंक्तिमा खैलाबैला म’च्चिएको छ । बस्नेत स्वयम्‌को फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा ह’टाइएको थियो ।तस्बिरमा सांसद विमलाले बस्नेतलाई चु’म्बन गरेकी छन् । विमलाको सिउँदोमा सिन्दूरसमेत रं’गिएको छ । तस्बिरले उनीहरूबीच विवाह भइसकेको चर्चालाई ब’ल पुर्‍याएको छ ।

विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दु’र्घ’टनामा नि’धन भएपछि उनलाई श्रीमानकै नि’र्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । कांग्रेस नेता केशव आचार्यलाई प’राजित गर्दै विमला सांसद बनेकी थिइन् ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढा’ल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा छिन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले स’त्ताच्यू’त बनेको थियो ।यसअघि बस्नेतसँगको घ’निष्ट सम्बन्धकै कारण विमला माओवादीको सम्पर्कमा पुगेको र उनले ऋण तिर्न पैसा लिएको बताइएको थियो ।

वा’ईसीएल कार्यकर्ता बस्नेत भने उक्त तस्बिर कसरी आफ्नो फेसबुकमा देखियो भन्नेमा अ’नभिज्ञता दर्शाउँछन् । उनले भने, ‘यो तस्बिर कसरी मेरो फेसवुकमा पोस्ट भयो, मलाई नै थाहा छैन । यसबारेमा भेटेर कुरा गरौंला ।’उनले आफूहरूबीच बिहे भएको वा नभएको बारे प्रष्ट बताउन चाहेनन् ।

वाईसीएल नेता बस्नेत अविवाहित हुन् । उनको फेसवुक स्टोरीमा पोस्ट भएको तस्बिर अहिले ह’टाइएको छ ।यस विषयमा सांसद वलीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आइनन् । हाम्रो पटक-पटकको प्रयास सफल हुन सकेन ।

About admin

Check Also

अमेरिकाबाट भाइरल जोडिको घर हेर्न आए ,यस्तो घर बन्यो ,सुत्ने कोठा यस्तो (हेर्नुस् भिडियो )

इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।जहाँ ७०बर्षिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *