Monday , December 6 2021
Breaking News
Home / प्रमुख समाचार / आज बाट सधैंका लागि निभे एउटा नेपालका चम्किला तारा !

आज बाट सधैंका लागि निभे एउटा नेपालका चम्किला तारा !

दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागका स्वर्ण पदक धारी कृष्णबहादुर राईको सङ्क्रमणबाट निधन भएको छ । नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जित्नुभएका कराँते खेलाडी राईको आज नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो ।

पूर्व खेलाडी राई अस्वस्थ भई नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा रहेका थिए।उनको असामयिक निधन भएको खबरले आफूहरु मर्माहत एवं स्तब्ध भएको उनका सहकर्मी तथा अन्तराष्ट्रिय पदक विजेता कराँते प्रशिक्षक दिपक श्रेष्ठले जनाउनु भएको छ।

राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । उहाँले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जित्नुभएको थियो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।

About admin

Check Also

पाइलटको सनकका कारण घट्यो यस्तो अनौठो घटना !

काठमाडौं । नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको चौरजहारी उडान भर्ने अनुमति …

Leave a Reply

Your email address will not be published. Required fields are marked *