Tuesday , October 19 2021
Breaking News
Home / समाचार / काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा !

काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा !

काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा हुने भएको छ। यही भदौ ५, ६ र ७ गते लगातार तीन दिन बिदा हुने भएको हो । भदौ ५ गते शनिबार परेको छ भने भदौ ६ गते जनै पूर्णिमा पारेको छ। जनैपूर्णिमाको अवसरमा सरकारले देशभर सार्वजनिक दिएको छ । त्यस्तै भदौ ७ गते काठमाडौँ उपत्यकामा मात्र सार्वजनिक बिदा हुनेछ।

भदौ सात गते उपत्यकामा मनाइने गाईजात्रा परेका कारण बिदा हुने भएको हो। उक्त दिन उपत्यकामा मात्र बिदा हुनेछ। लगातार तीन दिन बिदा हुने भएपछि सरकारी कर्मचारीहरूले परिवारसँग समय बिताउन पाउने भएका छन् ।

अन्य समाचार : राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी (पत्रसहित) राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । चलिरहेको संसद् अधिवेशन हठात् अन्त्य गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि उनको पार्टीभित्र र बाहिरबाट विरोधका स्वरहरू आउन थालेका छन् ।

अहिले अध्यादेश ल्याउनुको एउटै कारण हो, एमालेको माधव नेपाल समूह र जसपाको महन्थ समूहलाई विभाजन सजिलो बनाउन । संसद् पद गुम्नै लागेका बेला अध्यादेशमार्फत दल विभाजन गरेर महन्थ पक्षका सांसदको पद जोगिने भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आक्रोशित भएका छन् ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *