Thursday , January 27 2022
Breaking News
Home / अन्तरास्ट्रिय / ता’लिबानद्वारा भारतसँगको व्यापार बन्द, चीनलाई प्राथमिकता

ता’लिबानद्वारा भारतसँगको व्यापार बन्द, चीनलाई प्राथमिकता

तालिबान अफगानिस्तानको श’क्तिमा आएसँगै अफगानिस्तान र भारतबीचको व्यापार बन्द भएको छ। भारतले तालिबानले व्यापार बन्द गरिदिएको जानकारी दिएको हो। भारत र अफगानिस्तानको व्यापार विशेष गरी सडक मार्गबाट हुँदै आएको थियो।भारतको फेडेरेसन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेसन एफआईईओका अनुसार तालिबालने सवारीको आवत–जावत रो’किदिएका छन्। जसका कारण लाखौं डलरको सामान आयात र निर्यात हुन पाएको छैन। व्यापारको मामिलामा अफगानिस्तान भारतको सबैभन्दा ठूलो सहयोगी हो।

अफगानिस्तानमा ड्याम बनाउन, विद्यालय तथा सडक निर्माण गर्न भारतले लाखौं डलर लगानी गरेको छ। एफआईईओका महानिर्देशक डाक्टर अजय सहायले समाचार संस्था एएनआईलाई भनेका छन्,‘अफगानिस्तानको स्थितीमा हामीले लगातार नजर राखेका छौं।

त्यहाँबाट आयात भएको सामग्री पाकिस्तानको सडक हुँदै भारत आउँछन्। अहिले भने तालिबानले पाकिसतानतर्फ जाने सबै मालवाहक सवारी रो’किएका छन्। आयात पुरै ठप्प पारेको छ।’ इन्टरनेसनल ट्रेड सेन्टरको रिपोर्टअनुसार भारतले अफगानिस्तानमा सबैभन्दा बढी ड्रा’इफ्रुट निर्यात गर्दछ।

तर ता’लिबानको आ’गमनसँग अवस्था फेरिने देखिएको छ। चीनले यसअघि नै अफगानिस्तान पुनः निर्माणमा सहयोग गर्ने प्र’तिवद्धता व्यक्त गरेको थियो भने ता’लिबानले चि’नियाँ लगानीको आशा राखेका छन्। अब ता’लिबानले भारतसँगको सम्बन्धलाई त्या’गेर चीनसँग व्यापार गर्न थाल्ने अनुमान गरिएको छ।

About admin

Check Also

यो हो ‘इच्छा मृत्यु’ चाहनेहरुका लागि मेसिन: स्वीजरल्याण्डले ‘डेथ मेसिन’ लाई दियो कानुनी स्वीकृति, १ मिनेटै बिना पीडा हुन्छ मृत्यु

एजेन्सी । स्वीस सरकारले इच्छा मृत्युका लागि मेसिनको प्रयोगलाई कानुनी स्वीकृति दिएको छ । यो …

Leave a Reply

Your email address will not be published.