Sunday , September 19 2021
Breaking News
Home / अन्तरास्ट्रिय / सैन्य विमानको टायरमा बसेर भाग्न खोजेका उनीहरु उड्दै गरेको विमानबाट ख सेका मध्य एक राष्ट्रिय फुटबल खेलाडी !

सैन्य विमानको टायरमा बसेर भाग्न खोजेका उनीहरु उड्दै गरेको विमानबाट ख सेका मध्य एक राष्ट्रिय फुटबल खेलाडी !

यही सोमबार अफगानिस्तानबाट सैन्य बिमानको चक्कमा लुकेर यात्रा गर्ने क्रममा आकाशबाट झ’रेका तीन जनामध्ये एकजनाको फुटबल खेलाडी भएको बताइएको छ । तालिबानी लडाकुको त्रासका कारण सैन्य विमानको चक्कामा लुकेर यात्रा गर्न खोजेका अफगानिस्तानको राष्ट्रिय युवा फुटबल टिमका खेलाडी जाकी अनवारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तालिबानी लडाकुले अफगानिस्तान कब्जाका लिएपछि अमेरिकी आर्मीको विमानमा लुकेर सुरक्षित देशतर्फ जानेक्रममा उनको निधन भएको अफगानिस्तानको शारीरिक शिक्षा तथा खेलकुद निर्देशनालयले पुष्टि गरेको छ ।

सोमबारमात्र तीन जना अफगानी नागरिक उडिरहेको विमानबाट ख’से’का थिए । सैन्य विमानको टायरमा बसेर भाग्न खोजेका उनीहरू काबुल सहरको माथि उड्दै गरेको विमानबाट खसेका थिए । केही व्यक्तिको शव स्थानीयको घरको छ’तमा ख’सेका थिए । विमानबाट खस्नेमध्येमा फुटबलर अनवारीसमेत रहेको अफगानिस्तान फुटबल महासङ्घले जनाएको छ ।

हामिद कर्जायी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेला भएका हजारौँ जनताबीच अनवारीसमेत थिए । उनी पनि तालिबानी लडाकुबाट जोगिन सुरक्षित देश जाने प्रयासमा थिए । सेनाको सी–१७ विमानबाट सुरक्षित स्थानको खोजीमा निस्किने प्रयासमा रहेका उनको आकाशमा उडिरहेको विमानबाट ख’ सेर निधन भएको हो ।

तालिबानले अफगानिस्तानमा कब्जामा जमाएपछि हजारौँ सङ्ख्यामा अफगान नागरिकहरू देश छा’डेर भागिरहेका छन् । पश्चिमा राष्ट्रहरूले आफ्ना नागरिकहरूलाई उद्धार गर्न थालेपछि अफगान नागरिकहरू पनि काबुलस्थित विमानस्थलमा पुगेका थिए । सोमबार अमेरिकी एयरफोर्सको विमानको छेउमा रनवेमा सयौँ मानिसहरू कुद्दै गरेको र केही विमानको चक्कामाथि झु’न्डि’एर ब’सिरहेको भिडियो बाहिर आएको थियो । सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडिओमा मानिसहरु विमानमा चढ्नको लागि तँ’छाड’मछाड गरिरहेको देखिन्छ । तालिबानको तथ्याङ्कअनुसार काबुल विमानस्थल र त्यसको वरिपरि गत आइतबारदेखि बुधबारसम्ममा १२ जनाको मृत्यु भएको हो ।

About admin

Check Also

बाघ पनि ड’राउने जीव हाइनाले मानिसलाई आ’क्र’म’ण गरेपछि…(भिडिओ)

हा’इना त्यस्तो जंगली जीव हो जोसँग जंगलको राजा सिंह, बाघदेखि श’क्तिशा’ली हिं’स्र’क जनावर पनि ड’राउँछन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *