Sunday , November 28 2021
Breaking News
Home / समाचार / बिर्तामोड युट्युव काण्ड : खिच्नेदेखि सामाजिक सञ्जालमा पोष्ट गर्ने ६ जनालाई उजुरी, ३ जना पक्राउ

बिर्तामोड युट्युव काण्ड : खिच्नेदेखि सामाजिक सञ्जालमा पोष्ट गर्ने ६ जनालाई उजुरी, ३ जना पक्राउ

बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडिओ खिचेर युट्यूवमा प्रसारण गरिदिने विरुद्ध प्रहरीमा उजुरी परेको छ । पीडितले युट्युवरले चरित्र हत्या गरेको आरोपमा ६ जना विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराइएका छन् ।

प्रहरीका अनुसार होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की, युट्युवर खगेन्द्र घिमिरे, भाष्कर श्रेष्ठ, सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेल विरुद्ध उजुरी परेको छ ।

कानुन बमोजिम काबाहीको माग गर्दै उजुरी दर्ता गराइएको प्रहरीको भनाई छ । गत मंगलबार राती मेची आँखा अस्पताल अगाडि रहेको एक होटलमा कोठाभित्र बसेर खाजा खाइरहेका व्यक्तिको भिडिओ खिचेर सार्वनिक गरिएको थियो । सो कार्यको चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालमा आम नागरिकले व्यक्तिगत जीवनमा प्रवेश गरेर चरित्र हत्या गरेको आरोप लागेको छ ।

अभद्र व्यवहार सम्बन्धी उजुरी परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

महिलासँग बसेर खाजा खाने पुरुष ट्याङ्कर चालक हुन् । मजदुरको संगठनमा काम गर्ने कर्मचारी र अर्की महिला खाजा खान चारआलीबाट बिर्तामोड आएका थिए ।

३ जना पक्राउ बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर युट्यूवमा प्रसारण गर्ने व्यक्तिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु सहित ६ जना विरुद्ध आजै प्रहरी कार्यालयमा उजुरी परेको थियो । पक्राउ पर्नेहरुमा युट्युवर खगेन्द्र घिमिरे, होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *