Sunday , September 19 2021
Breaking News
Home / समाचार / हाँस्य कलाकार थापाको मृत्यु हुनु पुर्व घरमा घटेको थियो अर्को दुखदायी घटना, लगतै भर्ना भएका थिए अस्पताल !

हाँस्य कलाकार थापाको मृत्यु हुनु पुर्व घरमा घटेको थियो अर्को दुखदायी घटना, लगतै भर्ना भएका थिए अस्पताल !

वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए ।

तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए । उनि हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित भएका थिए ।

नेपाली हास्य टेलिश्रृंखलाका नियमित दर्शकका लागि एक चिरपरिचित अनुहार थिए, शम्भुराज थापा । यद्यपि, उनको वास्तविक नाम भने धेरैलाई थाहा थिएन । हास्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ मा निर्वाह गरेको भूमिकाका कारण धेरैले उनलाई ‘बखते’ नामले चिन्थे । लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थापा एक संघर्षशील कलाकार हुन् ।

पछिल्लो समयमा भने उनी हास्य टेलिश्रृंखलाहरुमै केन्द्रित थिए । यद्यपि, उनको पहिचान ‘हास्य कलाकार’ भन्दा पनि चरित्र अभिनेताको थियो । ‘हल्का रमाइलो’ का निर्देशक मरिचमान श्रेष्ठ बल्छीका अनुसार करिब एक महिना अगाडि मात्रै मातृ वियोगमा परेका थिए शम्भु । आमाको काजक्रियामा बसिरहेकै समय उनलाई संक्रमण देखिएको थियो । त्यसपछि ५ दिनमै किरिया सकेर उनी अस्पताल भर्ना भए ।

ललितपुरको पाटन अस्पतालमा निरन्तर उपचारका बाबजुद उनको अवस्था विग्रिँदै गयो । पछिल्लो ९/१० दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर, डाक्टरहरुले उनलाई जोगाउन सकेनन् ।

चर्चित हास्यकलाकार सिताराम कट्टेल धुर्मुसको भनाइमा थापा कसैलाई नचिढाउने स्वभावको घमण्डरहित व्यक्ति थिए । कलाकारका रुपमा उनी आफ्नो कामप्रति समर्पित र मिहिनेति स्वभावको आफूले पाएको धुर्मुसले बताए । मेरी बास्सैका केही भागहरुमा थापाले अभिनय गरेका थिए ।

‘उहाँ सबैसँग घुलमिल हुने र सरल स्वभावको हुनुहुन्थ्यो,’ धुर्मुसले भने, ‘घमण्ड भन्ने उहाँमा बिल्कुल कहिल्यै देखिनँ ।’ ५५ वर्षिय थापाको स्थायी घर बिराटनगर हो । आर्थिक अवस्था सामान्य रहेका उनी परिवारसहित काठमाडौंको गुहेश्वरीमा बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा पनि हुर्किसकेका छन् ।

यस्तै उनले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गरेका थिए । स्व थापाका श्रीमती एक छोरा र एक छोरी छन् । स्व थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पशुपतिमा रहेको विद्युतीय शवदाहनमा उनको अन्त्यष्टी गरिएको छ । संक्रमण कारण दाहसंस्कारमा थोरै व्यक्तिहरु मात्रै उपस्थित भएका थिए ।

About admin

Check Also

क्रिकेट रंगशाला बनाउँदा १६ करोड ऋण लागेपछि धुर्मुस सुन्तलीले झिके हात, अब कसले तिर्छ पैसा ?

काठमाडौ । निकै महत्वकांक्षी योजना लिएका धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले क्रिकेट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *