Sunday , November 28 2021
Breaking News
Home / समाचार / यिनै हुन् जसले आज अकालमै ज्यान गुमाउनु पर्यो, ओतका लागि रेनकोटको सहारा लिएका सुमनको रेनकोटले नै लियो ज्यान

यिनै हुन् जसले आज अकालमै ज्यान गुमाउनु पर्यो, ओतका लागि रेनकोटको सहारा लिएका सुमनको रेनकोटले नै लियो ज्यान

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुसहित धेरै ठाउँमा हिजाे शनिवार बिहानैदेखि धुम्मिएको मौसम, मध्याह्नपछि पानी पर्न सुरु भयो । पानी परिरहँदै माप्यदूधकोसी गाउँपालिका २ का ३० वर्षीय युवक सुमन राई मोटरसाइकलमा सल्लेरीतर्फ अघि बढे । ग्रामीण सडक त्यतिकै जो’ खि’मयुक्त नै थियो अझ निरन्तरको वर्षाले सडक हिलाम्मे बनेको थियो ।

पानी परेकाे समयमा बासाबाट सल्लेरीतर्फ बा ५४ प ७८२९ नम्बरको २२० सीसीकाे पल्सर मोटरसाइकलमा निस्किएका सुमनले ओतका लागि रेनकोटको सहारा लिएका थिए । तर त्यही रेनकोटले उनको ज्यानै लियो । सुमनलाई के थाहा र वर्षाकाे दर्किँदो झरीबाट बच्न प्रयोग गरिएको रेनकोटले नै ज्यान लिन्छ भन्ने !

प्रत्यक्षदर्शी सुकुमाया राईका अनुसार माप्यदूधकोसी गाउँपालिकाको दियाले सडक खण्ड अन्तर्गत वडा नम्बर ५ कागतेमा पुगेपछि सुमनले ओढेकाे रेनकोटको पछिल्लो भाग मोटरसाइकलकाे पछाडिकाे पाङ्ग्रा मा बे’रि’न पु’ ग्यो ।

रेनकोट लामो भएका कारण पछाडिको चेन तथा टा यरमा बे’रि’ यो । टाउकोसहित जिउ ढाक्ने गरी ओढेकाे रेनकोट बे’ रि एको केही समयमै सुमन भुइँमा ढ’ले, रेन’को’ट घाँ’टी’मा पा’ सो ला ग्दा उनको घट ‘नास्थलमै ज्या न गयाे ।

उनका अनुसार मृ त क सुमनको घाँ टीमा रेनकोटले बे’रि’एको दा ग देखिएको छ भने शरीरका अन्य भागमा कुनै चो ट छैन। वर्षातको पानी छल्न प्रयोग गरिने रेनकोट मोटरसाइकल तथा स्कुटरको चेन तथा टायरमा बे’ रिँ दा दुर्घटना हुने गरेको उनको भनाइ छ।

घटनास्थलमा पुगेका प्रहरीका अनुसार मृतक सुमनको घा टी मा रे नको टले बे’रि’एको दाग देखिएको छ भने शरीरका अन्य भागमा चो’ट छैन । सुमनको मात्र हैन ग्रामीण भेगलगायका सडकमा सञ्चालन हुने मोटरसाइकलमा प्रयोग हुने रेनकोटले दुर्घटनाको जो’खिमलाई उच्च बनाइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले बताए ।

यो पनि, ‘संस्कृत भाषा मात्र नभई जीवन पद्धति’ संस्कृत भाषा मात्र नभई जीवन पद्धति पनि भएकाले यसको ज्ञान सबैमा हुनुपर्नेमा जोड दिइएको छ । चौथो विश्व संस्कृत दिवसको मूल समारोह समितिले आज वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग,

काठमाडौँमा गरेको कार्यक्रमका वक्ताले सबैका लागि संस्कृत भाषा अनिवार्य गरिएमा संस्कार सुधारमा सहयोग पुग्ने बताएका थिए । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो ।

यस पटकको विश्व संस्कृत दिवस नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग र त्रिचन्द्र क्याम्पसस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठानको सहकार्यमा मनाइएको हो । कोरोना भाइरस महाव्याधिका कारणले सरकारले जारी गरेको निर्देशनानुसार सानो सङ्ख्यामा मात्र प्रत्यक्ष उपस्थित भएर मूलतः जुम प्रविधिको माध्यमबाट कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका पूर्वकुलपति प्रा डा राजाराम शुक्लले नेपाल र भारतको अति गहिरो सांस्कृतिक र सामाजिक सम्बन्ध भएको बताउनुभयो । प्रविधिमार्फत सम्बोधन गर्दै उहाँले नेपालमा संस्कृत भाषाको जागरण आउनु निश्चित रूपमा एउटा आशा लाग्दो वैश्विक छलाङ भएको बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले संस्कृत भाषा मात्रै नभएर जीवन पद्धति पनि भएको बताउनुभयो । सारा विश्व समाजलाई संस्कृत भाषाले ऊर्जा प्रदान गरेको भन्दै संस्कृत भाषाले सम्पूर्ण विश्वलाई कल्याण गर्ने ‘सर्वेभवन्तुः सुखिनः’ र ‘वसुधैवकुटुम्बकम्’ को अवधारणा प्रदान गरेको बताउनुभयो । पाश्चात्य प्रभाव बढिरहेको सन्दर्भमा संस्कृत भाषाको प्रवद्र्धनका लागि सम्पूर्ण अध्येता तथा अभियानकर्मीको बोली र व्यवहारमा एकरूपता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा भीम खतिवडाले नेपालमा विश्व संस्कृत दिवस मनाउन थालिएपछि छिमेकी देशमा पनि विश्व संस्कृत दिवस मनाउन थालिएको बताउनुभयो ।

जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीले संस्कृत भाषाका क्षेत्रमा योगदान गर्नुहुने नेपाल र विदेशमा रहनुभएका व्यक्तित्वलाई जीवित वा मरणोपरान्त सम्मान गर्ने तथा संस्कृत भाषामा योगदान गर्नुहुने युवा अध्येतालाई शोधवृत्तिको व्यवस्थापन गर्ने बताउनुभयो ।

आगामी संस्कृत दिवससम्म संस्कृत भाषामा लघुवृत्तचित्रको निर्माण गर्ने प्रतिष्ठानको लक्ष्य छ । संस्कृत भाषाको चिकित्सकीय महत्वलाई प्रयोग गर्न विश्वका विभिन्न भाषाभाषीलाई ॐ को उच्चारणको प्रशिक्षण दिने, संयुक्त राष्ट्रसङ्घमार्फत विश्व संस्कृत दिवस मनाउन नेपाल सरकारमार्फत प्रस्ताव गर्न सहयोग गर्ने जनाइएको छ ।

नैतिकता, सदाचार तथा पूर्वीय पद्धतिको स्थितिगत्यात्मक प्रवद्र्धनका लागि अनलाइन गुरुकुल सञ्चालन गर्ने प्रस्ताव पनि प्रतिष्ठाने अघि सारेको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग अध्यक्ष प्रा डा नारायणप्रसाद गौतम, जयतु संस्कृतम्का महासचिव डा नवराज कट्टेल, सनातन धर्म महासङ्घका उपाध्यक्ष डा माधवप्रसाद पाण्डेय,

जैन मुनि डा मणिभद्र महाराज, डा नीलकण्ठ पौडेल, डा अजय रिसाल, डा मुकुन्द लामिछाने, डा रघुनाथ नेपाल, विश्व संस्कृत दिवस कार्यपरिषद संयोजक डा गोविन्दशरण उपाध्याय, आकाशनीलम् र विमलचन्द्र दाहालले पनि संस्कृत भाषाको विविध आयामबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा संस्कृत भाषाका अध्येता तथा संस्कृत भाषालाई प्रवद्र्धन गर्न चाहनुहुने विभिन्न व्यक्तिले भौतिक तथा समाजिक सञ्जालमार्फत उपस्थिति जनाएका थिए । कार्यक्रममा डा गोविन्दशरण उपाध्याय र डा अजय रिसालले संस्कृत भाषाको महत्वमा प्रकाश पार्ने कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपालका विभिन्न भूभागका साथै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतारलगायत देशमा चौथो विश्व संस्कृत दिवस मनाइएको विश्वसंस्कृत दिवस कार्यपरिषद् संयोजक उपाध्यायले बताउनुभयो ।

त्यसैगरी अमेरिकाबाट सहृदयता इन्टरनेशनल र विश्व भूटानी हिन्दू सङ्गठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम युकेको सहकार्यमा पनि चौथो विश्व संस्कृत दिवस मनाइँदै गरेको उहाँले जानकारी दिनुभयो ।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *