Sunday , September 19 2021
Breaking News
Home / समाचार / प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वेश्यावृतिको भण्डाफोर, ३२ बर्षिया मोडेल पक्राउ

प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वेश्यावृतिको भण्डाफोर, ३२ बर्षिया मोडेल पक्राउ

एजेन्सी – प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वेश्यावृतिको भण्डाफोर भएको छ । मुम्बई क्राइम ब्रान्चले हाइप्रोफाइल वेश्यावृत्तिको भण्डाफोर गर्दै एक मोडललाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया मोडेल इशा खान रहेकी छन्। टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट पक्राउ परेकी छन्। उनले टेलिभिजन हिरोइनहरुलाई ग्राहकहरुकहाँ पठाउने गरेको बताइएको छ।

त्यसका लागि उनले लाखौंको डील गर्ने गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । यसबारे सूचना पाएपछि मुम्बई क्राइम ब्रान्चले नक्कली ग्राहक बनेर इशा खानसँग डील गर्न गएका थिए।इशाले ग्रहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा होटेलमा बोलाएका थिए। त्यहाँ पुग्दा इशा खानले अन्य दुई मोडेलहरुलाई लिएर पुगेका थिए। त्यही बेला उनी पक्राउ परेको बताइएको छ।

दुवै डोज खोप लगाएका सयौं व्यक्ति संक्रमित
बेलायतमा पूर्ण डोज खोप लगाएका सयौं मानिस डेल्टा भेरियन्टबाट संक्रमित भएर अस्पताल भर्ना भएका छन्। उच्च संक्रामक रहेको डेल्टा भेरियन्टका कारण खोप लगाइसकेका व्यक्तिहरु पनि अस्पताल भर्ना भएको बताइएको छ।पब्लिक हेल्थ इङ्ल्याण्ड पिएचइले पूर्ण रुपमा खोप लगाएका व्यक्तिले डेल्टा भेरियन्ट सार्न सक्ने चेतावनी दिँदै खोप लगाएका/नलगाएका सबैलाई सजक हुन आग्रह गरेको छ।

बेलायतमा जुलाई १९ देखि अगस्ट २ सम्म डेल्टा भेरियन्टबाट संक्रमित भएका १४ सय ६७ जनामध्ये ५५ प्रतिशतभन्दा बढी अस्पताल भर्ना भएका छन्। अस्पताल भर्ना भएकामध्ये ५१२ जना खोपको दुवै डोज लगाएका व्यक्ति छन् भने बाँकी खोप नलागएका व्यक्ति छन्।

स्वतन्त्रता दिवसका रुपमा लिइने जुलाई १९ देखि बेलायतमा लकडाउन खुकुलो पारिएको थियो। बेलायतले आफ्ना नागरिकलाई अस्ट्राजेनेका, मोर्डना र फाइजर बायो एनटेक कम्पनीको खोप लगाएको छ। यी सबै खोप दुई दुई डोज लगाउनु पर्छ।

तथ्यांकहरु अनुसार बेलायतमा ७५ प्रतिशत व्यक्तिले खोपको दुवै डोज लगाइसकेका छन्। पब्लिक हेल्थ इङ्ल्याण्डले खोपको दुवै डोज लगाएका सयौं मानिसहरु डेल्टा भेरियन्टको संक्रमणपछि अस्पताल भर्ना भएको पाइएको जनाएको छ।

About admin

Check Also

गायिका विष्णु माझीको घरमा प्रहरी, घर पुग्दा यस्तो अवस्थामा (भिडियो सहित)

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *