Monday , October 18 2021
Breaking News
Home / प्रमुख समाचार / आमाको हात समातेर संगै भएकी कान्छी छोरीले भनिन्, ‘नजाउ आमा रुनुहुन्छ भनेको थिए भन्दा भन्दै दीदीलाई लग्यो’ (भिडियो सहित)

आमाको हात समातेर संगै भएकी कान्छी छोरीले भनिन्, ‘नजाउ आमा रुनुहुन्छ भनेको थिए भन्दा भन्दै दीदीलाई लग्यो’ (भिडियो सहित)

काठमाडौ । पोखरामा १२ वर्षकी दिप शिखालाई नहरले बगायो । उनीसंगै बहिनी पनि थिइन् । वर्ष ९ की रिया यो घटनाको प्रत्यक्षदर्शी हुन् । रिया भुजेलले आफ्नो दिदीलाई कसरी नदिले बगायो भन्ने कुरा खुलाएकी छन् । दिदीले आफुलाई जाउँ भनेर लिएर गएकी थिइन् । हामी दुई जना मात्र थियौं । सुरुमा दिदीको चप्पल बगायो अनि दिदीले तान्न खोज्दा दिदीलाई पनि पानीले बगाये । वर्षाका कारण कास्कीका सबै नदी र नहर खोला जस्तै बनेको छ ।

पोखरा महानगरपालिका २६ कालिका चोकवाट दिपशिखा भुजेल नहरमा बगेकी हुन् । तीन दिन अघि देखि पोखरा र आसपासका क्ष्क्षेत्रमा ठूलो वर्षा भएको थियो । तीन दिन देखि बगेकी उनी अझै फेला पर्न सकेकी छैनन् । नेपाली सेनाको टोलीले उनको खोजी गरिरहेको छ । स्थानियको पनि घटनास्थलमा भिड देख्न सकिन्छ । दिदी बहिनी खेल्न गएको बेलामा नहरमा चप्पल बगेपछि उनी चप्पल लिन गएकी थिइन् ।

नहरमा ठूलो भेल थियो । त्यो भेलमा उनी परिन् । बहिनी रिया नहरको किनारमा बसेर हेरिरहेकी थिइन् । बहिनीको आँखा अगाडीनै दिदीलाई नहरले बगाएर लग्यो । पर सम्म लगेको थियो । म पनि हेर्दै गएँ, बहिनीले भनिन् । हामीलाई स्कूल जाने दिदीहरुले पुल पारी लगिदिनुभएको थियो । उनले दिदीलाई बगाएपछि आफु घरमा गएर आमालाई भनेको बताएकी छन् । आफुलाई दिदीले खोला आएको छ जाउँ हेर्न भनेर बोलाएर लगेको बताएकी छन् ।

About admin

Check Also

म कहिल्यै नेपाल फर्किने छैन : अल्मुताइरी

काठमाडौं । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *