Friday , September 24 2021
Breaking News
Home / समाचार / १३ वर्षीया छोरी गर्भवती भएपछि परिवारले सोधे, यो कस्को नासो हो ? ‘त्यसपछि छोरीले जे देखाइन’

१३ वर्षीया छोरी गर्भवती भएपछि परिवारले सोधे, यो कस्को नासो हो ? ‘त्यसपछि छोरीले जे देखाइन’

कञ्चनपुर । कञ्चनपुर प्रहरीले १३ वर्षीया छोरीलाई करणी गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ।यहाँको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाएको खबरपछि पक्राउ गरी करणीमा मुद्दा चलाइएको छ।

“प्रारम्भिकरूपमा हेर्दा बालिका गर्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको छ”, प्रवक्ता थापाले भने, “घरमा मौका छोपी ती पुरुषले एक वर्षअघिदेखि छोरीलाई यस्तो गर्दै आएको देखिन्छ ।”

प्रहरी स्रोतका अनुसार शुरुमा डर, त्रासले ती बालिकाले बुवाले गर्ने घटना बाहिर ल्याउन सकिनन् । पेट बढ्दै गएपछि आफन्तले थाहा पाएपछि स्थानीय वासीमार्फत प्रहरीमा त्यसको खबर पुग्यो।

“बुवाले नै करणी गरेको शुरुमा बालिकाले भन्न गाह्रो मानिन्”, प्रहरी स्रोतले भन्यो, “पछि अनुसन्धान गर्दै जाँदा बालिकाले घटनाको बेलीविस्तार पोखिन् ।” अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्रहरी नियन्त्रणमा छन्।

पछिल्ला समय छोरी चेली, बालिकाहरु आफ्नै घरका पुरुषहरुको शिकार हुन थालेका धेरै घटनाहरु बाहिर आइरहेका छन्। यो कञ्चनपुरको घटना एउटा नमुना घटना मात्रै हो ।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *