Sunday , September 19 2021
Breaking News
Home / समाचार / मोटरसाइकलमा लिफ्ट दिंदा युवती लडेर घाइते, मोटरसाइकल चालक प, क्राउ

मोटरसाइकलमा लिफ्ट दिंदा युवती लडेर घाइते, मोटरसाइकल चालक प, क्राउ

धनगढी । बैतडीमा मोटरसाइकलमा लिफ्ट मागेकी युवती लडेर घाइते भएकी छन् । सोमबार खोड्पे बजारबाट घर फर्किने क्रममा सुपप्र ०४००१ प०५०१ नम्बरको मोटरसाइकलमा लिफ्ट मागेकी पाटन नगरपालिका-९ किचारकी १७ वर्षीया गोदावरी भट्ट लडेर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले भट्टकै वडाका चालक हरिश महरासँग मोटरसाइकलमा लिफ्ट मागेकी भट्ट लडेर घाइते भएको बताए ।

भट्टको शरीरमा चोट रहेको बताउँदै प्रहरी निरीक्षक ओझाले डडेल्धुरामा सामान्य उपचारपछि धनगढी रेफर गरिएको जानकारी दिए । मोटरसाइकल र चालक महरालाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएको छ । भट्टको धनगढीको माया मेट्रो अस्पतालमा आइसीयूमा उपचार भइरहेको छ । साभार श्राेतः अनलाइनखबर

About admin

Check Also

गायिका विष्णु माझीको घरमा प्रहरी, घर पुग्दा यस्तो अवस्थामा (भिडियो सहित)

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *