Thursday , October 28 2021
Breaking News
Home / समाचार / सोच्दै नसोचेको घटना भयो ! प्रहरीलाई भ्यानभित्रै लात्ताले हाने, त्यसपछी के भयो ?

सोच्दै नसोचेको घटना भयो ! प्रहरीलाई भ्यानभित्रै लात्ताले हाने, त्यसपछी के भयो ?

काठमाडौं, भदौ ९ – नेपालमा थुनुवालाई कुनै ठाउँमा स्थानान्तरण गर्दा उनीहरु भाग्ने गरेको खबर सार्वजनिक हुनु सामान्यजस्तै भइसकेको छ। प्रहरीकै पञ्जाबाट थुनुवाहरु सजिलै उम्किन्छन् र उनीहरुलाई खोज्न फेरि प्रहरीलाई नै सास्ती हुन्छ।यसैबीच प्रहरीलाई लात्ताले हानेर जिल्ला प्रहरी काभ्रेको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन्। पूर्पक्षका लागि जिल्ला कारागार ल्याउने क्रममा प्रहरीलाई लात्ताले हानेर काभ्रे महाभार ६ का सुनिल बाइवा फरार भएका हुन्।

उनी चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालयले बाइवा फरार भएको स्वीकार गरेको छ। प्रहरीका अनुसार उनले पानी प्यास लागेको बताएका थिए।पानी खान दिँदा हतकडी टाइट भयो लुज गर्दिनुस् भनेपछि प्रहरीले लुज गर्न खोज्दा लात्ताले हानेर उनी फरार भएका हुन्। उनको खोजी तिब्र पारिएको काभ्रे प्रहरीले बताएको छ।

प्रेमिका फेल हुने डरले ब्रासहित उनकै कपडा लगाएर प्रेमीले दिए परीक्षा, यसरी खुल्यो पोल
प्रेममा र युद्धमा सबै कुरा जायज हुन्छन् भनिन्छ । यो उखानलाई चरितार्थ गरेका छन् अफ्रिकी मुलुक सेनेगलका एक युवकले ।उनलाई आफ्नी प्रेमिकाको यतिधेरै माया रहेछ कि प्रेमिकाको नाउँमा उनका कपडा

लगाएर आफै परीक्षार्थी बनेर परीक्षा केन्द्रमा गए । तर २२ वर्षीय ती युवकको त्यो हिम्मत र जुक्ति असफल भयो । केटीको पहिरनमा प्रेमिकाको साटो परीक्षा दिन गएका उनी पक्राउ परिहाले ।

गास्टोन बर्गर विश्वविद्यालयमा पढ्ने खादिम एम्बुप नामका ती युवकले महिलाको जस्तै लुगा लगाए, मेकअप गरे, टाउकोमा स्कार्फ लगाए, कानमा रिङ लगाए । यतिसम्म की छातीमा समेत केही कोचेर ब्रा लगाए ता की ठ्याक्कै केटीजस्तो देखियोस्। यति गरिसकेपछि आफूलाई कसैले पत्ता लगाउन नसक्ने र प्रेमिकाको नाउँमा परीक्षा दिएर प्रेमिकालाई मज्जाले पास गराउन सकिने उनको अभिलाषा थियो ।

उनको त्यो आइडियाले सुरुका ३ दिनसम्म त काम गर्‍यो । आफ्नी गर्लफ्रेण्ड गांगुइ डिउमको नामबाट उनले सुरुका ३ दिनसम्म त्यसैगरी केटी पहिरनमै गएर हाइस्कुल ग्राजुएशनको परीक्षा दिए । तर, चौथो दिन भने परीक्षा केन्द्रका निरीक्षकले उनीमाथि शंका गरे, खासगरी उनको जिउको स्वरुपप्रति ।

उनलाई तत्कालै नियन्त्रणमा लिएर सोधपुछ गर्दा वास्तविक पोल खुल्यो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्‍यो । प्रहरीलाई लिएर उनी आफ्नो प्रतिक्षामा रहेकी १९ वर्षीया प्रेमिकासामू पुगे ।

प्रहरी तथा प्रेमिकाको अगाडि उनले अनुनय गर्दै आफूले प्रेमिकाको मायामा डुबेर यस्तो जोखिम उठाएको बताए ।उक्त प्रेमजोडीमाथि परीक्षामा नक्कल गरेको तथा ठगी गरेको अभियोग लगाइएको छ ।

उनीहरुलाई अदालतले दोषी ठहर गरेमा ५ वर्षसम्म कुनै पनि शैक्षिक परीक्षमा सहभागी हुन नपाउने तथा कुनै शैक्षिक उपाधि लिन नपाउने गरी प्रतिबन्ध लाग्न सक्नेछन् । साथै उनीहरुमाथि ५ वर्षको जेल सजाय पनि हुनसक्ने बताइएको छ । एजेन्सी

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *