Monday , December 6 2021
Breaking News
Home / अन्तरास्ट्रिय / भूकम्पको जोडदार धक्का, मान्छेहरुको भागाभाग

भूकम्पको जोडदार धक्का, मान्छेहरुको भागाभाग

काठमाडौं । जोडदार भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ११ः३० बजे राजस्थानको बाड़मेर र जालोर जिल्लाका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । दिउँसोको समयमा भूकम्प आएपछि मानिसहरुको भागाभाग भएको हो ।मानिसहरुले आफ्ना परिचितहरु र शुभचिन्तकहरुलाई भूकम्पको बारेमा जानकारी गराए ।

भूकम्पको परिमाण ४.० रेक्टर स्केलमा मापन गरिएको छ ।बाडमेर जिल्लाको ढोरीमन्ना सहित नजिकैको ग्रामीण क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का चिटलवाना, साँचोर, भीनमल र जालोरको बागोडामा पनि महसुस गरिएको थियो ।यो उल्लेखनीय छ कि गत महिना, बीकानेरमा लगातार दुई दिन भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पको परिमाण पहिलो दिन ५.३ र दोस्रो दिन ४.८ मापन गरिएको थियो ।

त्यसअघि पनि भारतका विभिन्न ठाउँहरुमा भूकम्पको धक्का धेरै पटक महसुस भैसकेको छ ।हाम्रो पृथ्वीमा मुख्यतया चार तहहरु छन् । भित्री कोर, बाहिरी कोर, आवरण र क्रस्ट र माथिल्लो मेन्टल कोर रहेका छन् । माथिल्लो आवरणको कोरलाई लिथोस्फीयर पनि भनिन्छ ।

यो मोटो तह धेरै भागहरुमा विभाजित हुन्छ ।त्यसलाई टेक्टोनिक प्लेट पनि भनिन्छ । यी प्लेटहरु आफ्नो ठाउँ परिवर्तन भइरहेका हुन्छन् । जब प्लेटहरुको हलचल अधिक हुन्छ तब भूकम्प आउँछ । यी प्लेटहरु कहिलेकाँही एक आपासमा ठक्कर खान्छन् ।भूकम्पको परिमाण भूकम्पको केन्द्रबाट निस्कने उर्जाका तरंगहरुबाट अनुमान गरिन्छ ।

यी तरंगहरुको कारण कम्पनहरु सयौं किलोमिटरसम्म महसुस गरीन्छ ।यो कम्पन यति बलियो हुन्छ छ कि त्यसको कारणले पृथ्वी चर्किन्छ । कहिलेकाहिँ यो कम्पन ठूलो विनाशको कारण बन्छ । जब समुन्द्रमा भूकम्प आउँछ तब शक्तिशाली सुनामी आउँछ ।

About admin

Check Also

देशव्यापी लकडाउन लगाउने घोषणा

एजेन्सी : जर्मनीले खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घाेषणा गरेकाे छ । साथै, खाेप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *