Friday , September 24 2021
Breaking News
Home / अन्तरास्ट्रिय / काबुल घटना : अमेरिकी सैनिकसहित मा’रिनेको संख्या ८० पुग्यो, बाइडेनले दिए बदला लिने चेतावनी

काबुल घटना : अमेरिकी सैनिकसहित मा’रिनेको संख्या ८० पुग्यो, बाइडेनले दिए बदला लिने चेतावनी

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुल विमानस्थलबाहिर भएको वि’स्फो’टमा ८० जना भन्दा बढीको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आ”तंकवा’दीहरुलाई नछाड्ने चेतावनी दिएका छन्।

उक्त घटनामा अमेरिकी सुरक्षाकर्मी सहित ८० भन्दा बढीको मृत्यु भएको खबरले दुःखी भएको बताउँदै उनले घटनमा स‌ं’लग्नवि’रुद्ध कडा कारबाहीको चेतावनी दिएका हुन् । उनले अफगाननिस्तानबाट अमेरिकी हवाई उद्धार कार्य जारी रहने जनाएका छन् । १३ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् । सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो ह’मला हो ।

राष्ट्रपति बाइडेनले भनेका छन्, ‘हामी माफी दिने छैनौँ । हामी आ’तङ्क’वादी’हरूसँग डराउने छैनौँ । घटनामा संलग्नलाई खोजेरै सजाय दिने छौँ ।’ उनले यस्ता घटनाबाट अमेरिका विचलित नहुने र उद्धार जारी रहने स्पष्ट पारेका छन् । स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलको गेट र विमानस्थल नजिकै रहेको बारोन होटल आसपास यो घटना भएको जनाइएको छ ।

विमानस्थलको गेटमा वि’स्फो’ट हुँदा त्यहाँ धेरै अफगानी शरणार्थीहरु रहेको थिए । उक्त होटलमा बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका बेला भएको बीबीसीले जनाएको छ । बेलायतको रक्षा मन्त्रालयल यस घटनामा बेलायती सुरक्षाकर्मी र आफ्ना नागरिक सुरक्षित रहेको जनाएको छ ।

दुईवटा वि’स्फो’टमा उनीहरुको ज्या’न जानुका साथै १४० भन्दा बढी घाइते भएको अफगानिस्तान स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पेन्टागन प्रवक्ता जोन कीर्बीलेले पनि काबुल विमानस्थलमा भएको वि’स्फो’टमा अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् । यसअघि नै अमेरिका र बेलायतले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आ’इए’सआ’इ’ए’स-के ले ह’म’ला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो।

आ’क्र’म’णको जिम्मा जिहादी समूहले लिएको बीबीसीले जनाएको छ । अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म अमेरिकी हवाई उद्धारमार्फत १ लाख मानिसहरुलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

फ्रान्सेली राजदूत डेविड मारटिननले विस्फोटका अन्य घटनाहरु हुनसक्ने भन्दै आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् । यसैगरी फ्रान्सेली राष्ट्रपति इमेनुएल मैक्रोंले अफगानिस्तानको स्थिति तब ख’तरा’पूर्ण बनेको भन्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

About admin

Check Also

सिद्धार्थ शुक्लाको निधनपछि कस्तो छ शेहनाजको अवस्था ? अभिनेताले भने, ‘भगवान् थोरै त दया गर’

एजेन्सी – बलिउडका उदीयमान अभिनेता सिद्धार्थ शुक्लाको असायमयिक निधनले बलिउड इन्ड्रस्टी नै स्तब्ध भयो। विशेषगरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *