Friday , September 24 2021
Breaking News
Home / Uncategorized / छोरालाई ‘खाना खाँदै गर्नु हामी आउँछौँ’ भनेका पति–पत्नी घर पुग्न पाएनन्

छोरालाई ‘खाना खाँदै गर्नु हामी आउँछौँ’ भनेका पति–पत्नी घर पुग्न पाएनन्

झापाको सुरुङ्गास्थित होटल हेवेनका सञ्चालक पूर्णबहादुर विष्ट आफ्नी पत्नी भीमा विष्टसँग धनकुटाको भेडेटारबाट फर्किने क्रममा थिए ।

इटहरी आइपुग्दा बेलुका भइसकेपछि घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँदै गर्नु हामी यतै खाएर आउँछौँ भने । छोराले हुन्छ भनेपछि फोन काटे । इटहरीस्थित एक होटलमा खाना खाएर मोटरसाइकलमा घरतिर लागेका उनीहरू घर पुग्न पाएनन् ।

दमक नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा सिमेन्टले भरिएको मालबाहक ना ४ ख ८७३० नम्बरको ट्रकले पूर्ण र भीमा सवार प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते उनीहरूलाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पतालमा पुर्याइयो ।

तर त्यहाँ दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । ‘सम्भवतः उहाँहरूको घटनास्थलमै मृत्यु भएको हुनुपर्छ’, इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले केटिएम दैनिकसँग भने, ‘घरमा छोरालाई खाना खाँदै गर्नु हामी यतै खान्छौँ भनेर हिँड्नु भएको रहेछ । तर उहाँहरू घर पुग्न पाउनु भएन ।’

गए राति १०ः१० बजेतिर भएको सो दुर्घटनापछि ट्रकका चालक ट्रकसहित फरार भएका थिए ।फरार चालक मोरङ विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापालाई अस्थायी प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान गर्दा तीव्र गतिका कारण दुर्घटना भएको डिएसपी कार्कीले जनाए ।

‘बाहिर मापसे गरेर ट्रक कुदाउँदा दुर्घटना भएको हल्ला छ’, उनले भने, ‘तर मेडिकल रिपोर्टले त्यो देखाएको छैन ।तीव्र गतिकै कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

About admin

Check Also

सामाजिक फिल्म गर्न मनपर्छ

चलचित्र ‘क्याप्टेन’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका उपासना सिंह ठकुरीले अभिनय गरेको दोश्रो चलचित्र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *