Tuesday , October 19 2021
Breaking News
Home / स्वास्थ्य / यसरी हटाउन सकिन्छ डण्डीफोर, हेर्नुहोस् पाँच घरेलु उपाय

यसरी हटाउन सकिन्छ डण्डीफोर, हेर्नुहोस् पाँच घरेलु उपाय

एजेन्सी । विशेषगरी युवा अवस्थामा डण्डीफोर आम समस्या हो । डण्डीफोरले अनुहारलाई कुरुप बनाउने हुँदा युवायुवतीहरु निकै चिन्तित बन्छन् । यदि डण्डीफाेर निकाे भइहाले पनि यसकाे दाग बस्ने हुँदा हामी अनुहारमा याे आउनै नदिने उपायहरू खाेजिरहेका हुन्छन् ।

आलु : आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।

कागतीको रस : डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।

खाने सोडा : फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।

मह : एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् । अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।

गोलभेँडा र चन्दन पाउडर : गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् । यस्तै एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् । केही दिनमै दाग हट्न थाल्छ ।

About admin

Check Also

आँखामा बसेको डार्क सर्कलका कारण हैरान हुनुहुन्छ? यसरी सकिन्छ हटाउन, यस्ता छन् उपाए ।

काठमाडौं/ आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।पर्याप्त मात्रामा निद्राको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *