Friday , September 24 2021
Breaking News
Home / समाचार / बाल्यकालमा म छोरा थिएँ-दीपाश्री निरौला

बाल्यकालमा म छोरा थिएँ-दीपाश्री निरौला

दीपाश्री निरौला नेपाली चलचित्रकी अभिनेत्री तथा हाँस्यकलाकार हुन । रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी हाल उनी तीतो सत्य नामक हाँस्य टेलिचलचित्रमा अभिनय गरीरहेकी थिइन् ।

उनले छक्का पन्जा (चलचित्र) निर्देशन गरेकी हुन् जुन् सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रहरूको सूचीमा प्रथम छ । एउटा अन्तरवार्ताको क्रममा भनेकी छिन्”बाल्यकालमा त म छोरो स्वभावकी । छोराकै लुगा लगाउने । खेल्न पनि छोराले जस्तै खेल्ने । भाँडाकुटी मन नपर्ने ।

उनले साथीहरूलाई दीपा किन तँ यस्तो लुगा लगाउँछेस् भनेर धेरै पटक सोधेको र आफुले किनभने तिमीहरू केटी हौ, म केटा हुँ’ भनेर जवाफ दिने गरेको भनेकी छिन्। किनभने बुवाआमाले पनि मलाई छोरा नै भनेर हुर्काए । उहाँहरूको छोरा नै थिएन ।

उनी थप्छिन् पछि आठ कक्षामा पुगेपछि मात्र कुर्ता सुरुवाल लगाएँ । सानैदेखि म रौसे । नाच्नुपर्ने, सिनेमा हेर्नुपर्ने । आमासँग लहसिएर सिनेमा हेर्न गइरहन्थें । दशैंमा टीका थापिरहँदा बुवा-आमालाई भन्थें, ‘छोरी हिरोइन बनोस् भनेर आशीर्वाद दिनुहोस् ।’

उनी भन्छिन्, जहाँ म हुर्किएँ, त्यो न शहर भन्न मिल्ने, न गाउँ । ठिमाहा बस्ती । त्यहीं हाम्रो बाल्यकाल बित्यो- दौंतरीसँग हाँस्दै, खेल्दै, झगडा गर्दै । शुक्रबार हिन्दी फिल्म सार्वजनिक हुन्थ्यो । आमाहरू नाइट शो हेर्न जाने । उहाँहरू चढेको रिक्सामा झुन्डिनै पर्ने म । पछाडि झुन्डिएर हुन्छ कि, अगाडि रिक्सा चालकसँग बसेर हुन्छ, फिल्म हेर्न दौडिहाल्ने ।

About admin

Check Also

मिर्गौला दिएर मृत्युको मुखबाट बचाएको प्रेमिकाले जब बिहे गर्न नमानेपछि…

एजेन्सी । मिर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *