Sunday , September 19 2021
Breaking News
Home / समाचार / ‘फेसबुक र टीकटकमा झुन्डिएर बस्नुभन्दा डीम्याट खोलेर आइपीओ भर्नू : एसपी होबिन्द्र बोगटी

‘फेसबुक र टीकटकमा झुन्डिएर बस्नुभन्दा डीम्याट खोलेर आइपीओ भर्नू : एसपी होबिन्द्र बोगटी

स्याङ्जाका प्रहरी एसपी होबिन्द्र बोगटीले अतिरिक्त आयआर्जन जुटाउनको लागि डीम्याट खाता खोल्न र आइपीओ भर्न मातहतका प्रहरीलाई आग्रह गरेका छन् । अतिरिक्त पैसा कमाउनाले व्यक्तिगत जीवन जिउन सजिलो हुने र खुशिपूर्वक काम गर्न सकिने उनको भनाई छ । जुनियर प्रहरी अधिकृतको तलब थोरै हुने र पैसा कमाउन बढी मिहेनत गर्नुपर्ने तथा आयआर्जनको वैकल्पिक माध्यमबारे सोच्नुपर्ने बाध्यता रहेको बोगटी बताउँछन् ।

यसो गर्नाले तल्लो तहमा भ्रष्टाचारमा कमी आउने बुझाई पनि उनको छ । सामाजिक संजालमा समय खर्चनुभन्दा उत्पादनशिल काममा लागिपर्न समेत उनको सुझाव छ । आइपीओ भर्न ठूलो ज्ञानको समेत आवश्यकता नपर्ने भएकाले त्यसो गर्न उनको सुझाव छ । जागिरबाट अवकास पाएपछि पनि आर्थिकरुपमा सुरक्षित हुने उनको भनाई छ ।

‘हजार रुपैयाँ लगानी गर्दा घाटा हुँदैन’ उनले भने, ‘फेसबुक र टीकटकमा झुन्डिएर बस्नुभन्दा आइपीओ भर्नु राम्रो हुन्छ । मैले यसतर्फ मेरा जवानहरुलाई प्रोत्साहित पनि गरेको छु । कतिपय जवानले सेकेन्डरी मार्केटमा कारोबार पनि गर्न थालेका छन् ।’ स्याङ्जामा ५०० प्रहरी कार्यरत रहेको र तीमध्ये ७५ प्रतिशतले डिम्याट खाता खोलेको जानकारी उनले दिए । अहिले लगभग सबैजसो प्रहरीलाई आइपीओ भर्ने जानकारी सिकाउन अभिमुखीकरण तालिम पनि सिकाइएको छ ।

‘अहिले हाम्रा जवानहरुले परिवारसहित सेकेन्डरी मार्केटमा पनि कारोबार गर्न थालेका छन्’ उनले भने, ‘यसले एकातर्फ आर्थिक सुरक्षा मिल्नेछ भने अर्कोतर्फ सकारात्मक सोचको विकास समेत हुनेछ ।’

About admin

Check Also

चितवनमा साथीले लिए आफ्नै साथीको ज्यान !

चितवनको राप्ती नगपालिका ९ मा एक व्यक्तिले छिमेकीको ह’ ‘त्या गरेका छन्। राप्ती ९ शीतल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *