Thursday , January 27 2022
Breaking News
Home / समाचार / उद्दारका लागि अफगानिस्तान गएको बिमान कब्जा गरेर कहाँ लगियो ?

उद्दारका लागि अफगानिस्तान गएको बिमान कब्जा गरेर कहाँ लगियो ?

काठमाडौं। अफगानिस्तानमा तालिवान आएपछि अन्यि मुलुकले आफ्ना नागरिकहरुलाई उद्दार सुरु गरेका छन् । असुरक्षाका कारण आफ्ना नागरिकलाई अफगानिस्तानवाट उद्दार गरेका हुन् । यस्तैमा आफ्ना नागरिक उद्दार गर्न अफगानिस्तान गएको एक विमान अ प ह र णमा परेको उक्रेनले दावी गरेको छ । युक्रेनको विमानलाई अफगानिस्तानवाट इरान लगेको दावी गरिएको छ ।

युक्रेन सरकारका मन्त्रीले मंगलबार यस्तो दावी गरेका हुन् । यो विमानलाई इरान लगिएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । मन्त्रीका अनुसार आइतबार यो विमान अ प ह र ण गरिएको थियो । विमानलाई केही अज्ञात व्यक्तिहरुले लगेको बताइएको छ ।

समाचार एजेन्सी एएनआइका अनुसार युक्रेन सरकारका सहायक विदेश मन्त्री येभ्गेनी येनिनले यो जानकारी दिएका हुन् । उनले भने ‘आइतबार हाम्रो विमानलाई केही अज्ञात व्यक्तिहरुद्वारा अ प ह र ण गरिएको छ । मंगलबार यो विमानलाई इरान लगिएको छ । यो विमानमा अज्ञात व्यक्तिहरु छन् । यतिमात्र होइन हाम्रा अन्य तीन निकासी योजना पनि सफल हुन सकेनन् किनकि हाम्रा नागरिक विमानस्थलसम्म पुग्न पाएका थिएनन् ।

विमान कसले लगेको हो भन्ने खुल्न सकेको छैन । एयुक्रेनले लगातार आफ्ना जनतालाई अफगानिस्तानबाट उद्धार गरिरहेको छ । जानकारीअनुसार अहिलेसम्म ८३ जनालाई काबुलबाट किभ लगिएको छ । यीमध्ये ३१ जना युक्रेनी थिए । अफगानिस्तानमा अझै करिब १०० जनाभन्दा बढी युक्रेनी नागरिक छन् । उनीहरुको उद्धारको प्रयास भइरहेको छ ।

About admin

Check Also

कैलालीलाई ‘भारत हो’ भन्दै घुम्दै आएका २ भारतीय प्रहरी पक्राउ

काठमाडौ । कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै …

Leave a Reply

Your email address will not be published.