Sunday , September 19 2021
Breaking News
Home / अन्तरास्ट्रिय / आफ्नो ज्यानको प्रवाह नगरी साथीलाई बाढीले बगाए पछि यसरी बचाए (भिडियो सहित)

आफ्नो ज्यानको प्रवाह नगरी साथीलाई बाढीले बगाए पछि यसरी बचाए (भिडियो सहित)

एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ । जहाँ एउटा केटा बाइक चलाएर जाँदै गर्दा एउटा खोलाले बाइक बगाई दिन्छ ।र उसलाई पनि खोलाले बगाउन खोज्छ। पानिको फोर्स यति धेरै हुन्छ जहाँ ऊ निस्किन सकेको हुँदैन र बाढीले बगाउन खोज्छ त्यति बेला किनारमा रहेको उसको साथीले उसलाई आफ्नो ज्यानको पर्वाह नगरी उसलाई बचाउँछ।

र त्यस पछि के हुन्छ। यो तल भिडियो हेर्नुहोस्। त्यस भन्दा अगाडि बाढी बाट बच्न के गर्नु पर्छ थाहा पाउनु होस् । मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरो जाने र भौतिक तथा मानवीय क्षति पुर्‍याउने गर्छ । विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । बाढीले वर्षेनि तराइका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् ।

पहाडका कतिपय क्षेत्रमा घर पहिरोले बगाउँदा धेरै मानिसले ज्यान गुमाइरहेका छन् भने कति बेपत्ता पनि छन् । बाढी र पहिरोबाट बच्नका लागि यी कुरामा ध्यान दिनुहोस् :

वर्खायाममा नदी तटीय क्षेत्रमा बस्न हुँदैन । गाउँमा बाढी आएको समय होचो भूभागमा जानुहुदैँन । बाढी आइरहँदा आसपासका क्षेत्रमा आवतजावत गर्नु हुदैँन । बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने बारे जानकार लिन सकिन्छ ।

मनसुन सुरु भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमी अपडेट गरिरहेको हुन्छ, सम्भव भएसम्म त्यो सूचना नियमित हेर्न र सुन्न आवश्यक छ । सञ्चारमाध्यम आएका ती सूचनालाइ आधार बनाएर सर्तकता अपनाउनुपर्छ ।

यी त भए तराइ तथा समथर भूभागमा आउने बाढी तथा डुबानबाट बच्ने उपायहरु: पहाडका क्षेत्रमा वर्षेनि आइरहने पहिरोबाट पनि बच्न सकिन्छ त्यसका लागि अग्रीम सर्तकता अपनाउन सकिन्छ । यी हुन् पहिरोबाट बच्ने उपायहरुः

ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।एक पटक पहिरो गएको स्थानमा पुनः बसोवास गर्नु हुदैँन ।पहिरोले घर बगाउँदा भौतिक सँगै मानवीय क्षति पनि हुने भएकाले २४ औँ घण्टा पानी परिरहँदा सकेसम्म घरभित्र बस्नुहुदैँन ।

पहाडका धेरै स्थानमा प्रायजसो रातीको समय पहिरो जाने हुँदा घरमा बस्दा परिवारका सदस्य समुहमा बस्ने र समुहमा बस्दा एकअर्कालाइ सहयोग मिल्ने हुन्छ ।सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बस्नुपर्छ । यसले उद्धार सँगै राहत विरणमा समेत सघाउ पुर्या‍उँछ । माथि शीर्षक सँग सम्बन्धित भिडियो हेरौ…

About admin

Check Also

बाघ पनि ड’राउने जीव हाइनाले मानिसलाई आ’क्र’म’ण गरेपछि…(भिडिओ)

हा’इना त्यस्तो जंगली जीव हो जोसँग जंगलको राजा सिंह, बाघदेखि श’क्तिशा’ली हिं’स्र’क जनावर पनि ड’राउँछन्। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *