Thursday , January 27 2022
Breaking News
Home / मनोरंजन / शिल्पा शेट्टीकी बहिनी शमिताले राकेशलाई भनिन्, ‘यता आउ अनि मलाई चुम्बन गर, त्यसपछि…’

शिल्पा शेट्टीकी बहिनी शमिताले राकेशलाई भनिन्, ‘यता आउ अनि मलाई चुम्बन गर, त्यसपछि…’

बिग बोस ओटीटीमा अभिनेत्री शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टी र राकेश बापतको जोडीले धेरैको मन जितेको छ ।बिग बोसको हरेक एपिसोडमा प्रतिष्पर्धीहरु बीचको केमेस्ट्री सबैभन्दा धेरै हाईलाइटमा आउने गर्छ ।

यो वर्षको बिग बोस ओटीटीमा राकेश र शमिताको एकअर्काबीचको कनेक्शन निकै चर्चामा छ । राकेशले शमितालाई निकै ख्याल गर्ने गर्छन् । उनीहरुको दोस्तीलाई धेरैले ध्यानपूर्वक पनि हेरेका छन् ।

शोको नयाँ प्रोमो सार्वजनिक भएको छ । जसमा शमिता शेट्टीले राकेशलाई गालामा चुम्बन गर्न आग्रह गरिरहेकी छन् । शमिताको उक्त आग्रहलाई राकेशले स्वीकार गरेका छन् । राकेशले यसका लागि सधैँ तत्पर रहेको बताएका छन् ।

प्रोमोको भिडियोमा शमिता खाना खाइरहेकी हुन्छिन् । त्यहीँ राकेश माइक्रोवेभमा खाना तताइरहेका हुन्छन् । त्यहाँ शमिता भन्छिन्, ‘खाना पूरै तातो नबनाउ, नत्र खेर जान्छ ।’ जवाफमा राकेश भन्छन्, ‘अरु केही ?’

राकेशको जवाफपछि शमिताले केहीबेर राकेशलाई घुरेर हेर्छिन् । त्यसपछि भन्छिन्, ‘तिमीलाई केही समस्या छ ? म यस्तो गर्दिन ।’ त्यसपछि राकेशले केही समस्या नभएको बताउँछन् । र, अरु पनि केही भन्न मन लागे भन भनेर आग्रह गर्छन् ।

त्यसपछि मुस्कुराउँदै शमिता शेट्टी भन्छिन्, ‘यता आउ, र मलाई अहिले नै चुम्बन गर ।’ राकेश तुरुन्त शमितालाई चुम्बन गर्छन् ।

About admin

Check Also

१५ बर्ष देखि श्रीमानसँग छुट्टिएर एक्लै बसेकी मधु क्षेत्रीसँगको कुराकानी यसो भन्छिन्…. (हेर्नुस भिडियोमा)

उनको नाम मधु छेत्री रहेको छ । उनी अहिले अलिक चर्चामा आइरहेका छिन। उन्को विभिन्न …

Leave a Reply

Your email address will not be published.