Friday , September 24 2021
Breaking News
Home / आर्थिक / शिक्षकको नयाँ तलब सचिवको भन्दा बढी : ५१ हजार पुग्यो, कुन तहका शिक्षकको कति ? [ सूचीसहित ]

शिक्षकको नयाँ तलब सचिवको भन्दा बढी : ५१ हजार पुग्यो, कुन तहका शिक्षकको कति ? [ सूचीसहित ]

काठमाडौ । सरकारले घोषणा गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत शिक्षकको तलबपनि वृद्धि भएको छ ।प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै शिक्षकको तलब २ हजारले बढेको हो ।आर्थिक वर्ष २०७८/०७९ को बजेटको रातो किताबमा सबै राष्ट्र सेवकको तलब २ हजारका दरले बढेको उल्लेख छ ।

यो भनेको शिक्षक समेत सेना, प्रहरी, निजामति कर्मचारी सबैको बढेको हो ।यही दरमा सरकारबाट तलब भत्ता खानेगरी नियुक्त भएका सबै कर्मचारीको तलब बढेको हो ।आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत सरकारले राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि गरेको थियो ।अहिले भने दर्जा नछुट्याई एकमुष्ट २ हजारका दरले बढाएसँगै शिक्षकको पनि तलब वृद्धि हुने भएको हो ।

कुन तहका शिक्षकको तलव अब कति ?
प्राथमिक तह (तृतीय) : २६ हजार ६०४ रुपैयाँ बाट २८ हजार ६१० भत्ता समेत ३० हजार ६१०
प्रावि द्वितीय : २८ हजार २०० रुपैंयाँ बाट ३० हजार २०० भत्ता समेत ३२ हजार २००
प्रावि प्रथम : ३५ हजार ९९० रुपैयाँ बाट ३७ हजार ९९० भत्ता समेत ३९ हजार ९९०
निम्न माध्यमिक तह तृतीय : २८ हजार २०० रुपैयाँ बाट ३० हजार २०० भत्ता समेत ३२ हजार २००

निमावि द्वितीय : ३५ हजार ९९० रुपैयाँ बाट ३७ हजार ९९० भत्ता समेत ३९ हजार ९९०
निमावि प्रथम : ३७ हजार ८७८ रुपैयाँ बाट ३९ हजार ८८० भत्ता समेत ४१ हजार ८८०
माध्यमिक तृतीय : ३५ हजार ९९० रुपैयाँ बाट ३७ हजार ९९० भत्ता समेत ३९ हजार ९९०
माध्यमिक द्वितीय : ४० हजार ३७९ रुपैंयाँ बाट ४२ हजार ३८० भत्ता समेत ४४ हजार ३८०
माध्यमिक प्रथम : ४७ हजार ३७७ रुपैयाँ बाट ४९ हजार ३८० भत्ता समेत ५१ हजार ३८०

यता कर्मचारीको बढेको तलब अनुसार अब मुख्यसचिवको ६७ हजार १४० रूपैयाँ पुगेको छ । यस्तै सचिवको ६२ हजार ६८०, सहसचिवको ४९ हजार ३८०, उपसचिवको ४२ हजार ३८०, अधिकृतको ३७ हजार ९९०, सुब्बाको ३० हजार २००, खरिदारको २८ हजार ६१० र कार्यालय सहयोगीको २४ हजार १० पुगेको छ । माध्यमिक प्रथम तहको शिक्षकको तलब सह–सचिवको भन्दा माथी पुगेको हो ।

यो बर्ष शिक्षामा बजेट
सरकारले आगामी शैक्षिक वर्षका लागि कुल बजेटको १० दशमलब ९२ प्रतिशत बजेट विनियोजन गरेको छ । अङ्कमा चालु वर्षको भन्दा ९ अर्ब ६७ करोड बजेट वृद्धि गरेको छ । कुल बजेटको तर कुल बजेटलाई प्रतिशतमा हेर्दा चालु वर्षको भन्दा बजेट घटेको छ । शैक्षिक वर्ष २०७६–०७७ मा कुल बजेटको १०.६८ प्रतिशत, शैक्षिक वर्ष २०७७–०७८ मा ११ दशमलब ६४ प्रतिशत बजेट विनियोजन गरेको थियो ।

सरकारले हिजो अध्यादेश मार्फत सार्वजनिक गरेको बजेटमा शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरिएको छ । अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् सार्वजनिक गरेको कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेटमा शिक्षामा १० दशमलब ९२ प्रतिशत विनियोज गरिएको हो ।

चालु शैक्षिक सत्रका लागि सरकारले कुल बजेटको ११ दशमलब ६४ प्रतिशत बजेट विनियोजन गरेको सरकारले आगामी वर्षमा सो प्रतिशतमा शून्य दशमलब ७२ प्रतिशत बजेट घटाएको छ । चालु शैक्षिक सत्रमा अघिल्लो वर्षको तुलनामा शून्य दशमलब ९६ प्रतिशत बजेट वृद्धि गरेको थियो ।

चालु शैक्षिक सत्रका लागि शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड रुपियाँ बजेट विनियोजन गरेको सरकारले गत वर्षको तुलनामा अङ्कमा बजेट बढाए पनि प्रतिशत विगतको वर्ष भन्दा घटेको देखिएको हो । कुल बजेटमा शिक्षाको लागि विनियोतिज रकम गत बर्षभन्दा बढे पनि प्रतिशतमा बढेको छैन । कूल बजेटको आकार बढ्दा शिक्षाको अंश मात्र बढेको हो ।

About admin

Check Also

डिस्क ब्रेक सहित टीभीएसको सबैभन्दा सस्तो बाइक आयो बजारमा, मुल्य नै ६५ हजार

माइलेजको साथमा २०२१ स्टार सिटी प्लस बाइक आएको छ । यसमा ईकोट्रस्ट फ्युल इन्जेक्सन टेक्नोलोजीको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *