Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / को हुन् पूजाको मन जितेका यी ‘ह्यान्डसम’ युवक ?

को हुन् पूजाको मन जितेका यी ‘ह्यान्डसम’ युवक ?

चलचित्र बजार गसिपको क्षेत्र हो । पर्दा अगाडि देखिने कलाकारको विषयमा दैनिक रुपमा आउने गसिप कहिलेकाहीं उनीहरुका लागि चर्चाको राम्रै खुराक बन्छ ।

नायिका पूजा शर्मा चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै फिल्मी गसिपको मुख्य केन्द्रमा छिन् । चलचित्रको पर्दामा उनी जोसँग काम गर्छिन्, उनै नायकसँग उनको नाम जोडिन्छ । सुदर्शन थापा, प्रदीप खड्का, पल शाहदेखि आकाश श्रेष्ठसँग पूजा शर्माका नाम जोडिए ।

उनै पूजा विगत केही दिनदेखि फेरि चर्चामा छिन् । तर यसपटक उनको नाम जोसँग जोडिएको छ ती युवकको सम्बन्ध चलचित्र क्षेत्रसँग छैन । ती युवक व्यापारी युद्ध बानियाँ हुन् । पूजा र युद्ध केही दिनदेखि टक अफ दी टाउन बनेका छन् । यो विषयमा पूजा र युद्ध दुवैले मुख भने खोलेका छैनन् ।

नायिका पूजा शर्मा र युद्ध बाँनियाको भेटघाट गत वर्षको फागुनमा भएको हो । पूजाकै दिदीहरुका कारण युद्धसँग उनको भेटघाट भएको हो । हेटौंडाका युद्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन् ।

पूजाको चलचित्र करिअरको बारेमा युद्ध निकै चासो राख्छन् । आफन्तका कारण भेटघाट भएपछि पूजा र युद्ध एक अर्काको राम्रो साथी बनेका छन् । भेट भएको करीब ६ महिनामा पूजा र युद्धले एक अर्काको भविष्यको योजना मात्र साटेका छैनन्, एक-अर्कालाई बुझिरहेका छन् ।

पूजा र युद्ध अहिले नै यो सम्बन्धलाई प्रेमको नाम दिन चाहँदैनन् । तर, उनीहरु एक-अर्काको नजिकको साथी भने भइसकेको बुझिएको छ । नायिका पूजा शर्माले गत वर्षदेखि नै आफ्नो बिहेको उमेर भइसकेको प्रतिक्रिया मिडियामा दिइरहेकी छिन् ।

युद्धको तस्वीर सार्वजनिक भएसँगै उनको सुगठित शरीरको चर्चा पनि सामाजिक सञ्जालमा शुरु भएको छ । जिममा प्रयोग हुने प्रोटिन लगायतका खाद्यान्नको व्यापार गर्दै आएका युद्ध आफू पनि जिम क्रेजी छन् । नेपाली चलचित्रको कुनै नायकभन्दा युद्ध कम नभएको प्रतिक्रिया सामाजिक सञ्जालमा भेट्न सकिन्छ ।

पूजाले हालै मात्र ललितपुरमा नयाँ घर बनाएकी छन् । नयाँ घरमा चाँडै नै बसोबास शुरु गर्न लागेकी पूजा बिहेको मुडमा छिन् । पूजा र युद्धको मित्रता बलियो रुपमा अगाडि बढेको छ । कुनै दिन यो जोडीको प्रेम र बिवाहको कुरा बाहिरिए अनाैठो नमान्दा हुन् ।

About admin

Check Also

विदेशबाट आउदै गरेका बुबालाई लिन काठमाडौ पुगेकी बिनिता आफुलाई बि र्सी हि डेकी आमा सम्झेर ज्वरो आउन्जेल रु इन्(भिडियो हेर्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *