Monday , October 18 2021
Breaking News
Home / समाचार / ५० लाख खर्च गर्दा पनि मोडल निशा घिमिरेको स्वास्थ्यमा कुनै सुधार आएन

५० लाख खर्च गर्दा पनि मोडल निशा घिमिरेको स्वास्थ्यमा कुनै सुधार आएन

कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जनाइएको छ । नर्भिक इन्टरनेशनल अस्पतालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सबै खालका उपचारको पद्धति अपनाउँदा पनि उहाँको स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनापछि मस्तिष्कमा गम्भीर समस्या देखिएको र लामो समय उपचारविहीन भएकाले घिमिरेको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । उहाँका उपचारमा संलग्न चिकित्सक डा पङ्कज जलानले सबै विकल्पमा उपचार भइरहेको भन्दै दुर्घटनाका कारण मस्तिष्कमा गम्भीर चोट लागेको र अवस्था निकै जटिल रहेकाले पूर्णरुपमा सामान्य अवस्था हुन सम्भावना कम भएको बताउनुभयो ।

आर्थिक अवस्थाका कारण उपचार नपाउँदा घिमिरे घरमै अर्धचेत अवस्थामा रहनुभएको थियो । पछि नर्भिक अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरीले निःशुल्क उपचारको व्यवस्था गर्दै अस्पतालमा भर्ना गरिएको थियो । अहिलेसम्म उहाँका उपचारमा अस्पतालले रु ५० लाख खर्च गरिसकेको जनाएको छ ।

थप समाचार –परिवारको कान्छी छोरी हुन् नबिना अर्थात खुइली। २०६४ सालमा बुबाको मृ’त्यु भयो। घरमा भएका सबै छोरीको बिहे भैसकेकाले गर्दा अब त्यो घरमा नबिबा र उनको आमा मात्रै बस्न थाले। केही समयपछि नबिना आफ्नो आमालाई लिएर काठमाडौँ आइन्।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *