Tuesday , October 19 2021
Breaking News
Home / मनोरंजन / नायिका वर्षा सिवाकोटी र राजको बाहिरियो एस्तो भिडियो,भिडियो युटुबकाे ट्रेण्डिङमा (भिडियो)

नायिका वर्षा सिवाकोटी र राजको बाहिरियो एस्तो भिडियो,भिडियो युटुबकाे ट्रेण्डिङमा (भिडियो)

नायक राज कटुवाल र नायिका वर्षा सिवाकोटी अभिनित नयाँ म्युजिक भिडियो ‘म यस्तो गीत गाउँछु’ रिलिज भएको छ । यस म्युजिक भिडियोमा वर्षा र राजले रोमान्स गरेका छन् । सुगम पोखरेल र सुष्मा विश्वकर्माकोस्वर रहेको छ ।

सत्यराज चौलागाँइको शब्द रहेको गीतमा सरोज प्याकुरेलको संगीत छ भने उदयराज पौडेलले एरेन्ज गरेका छन् । यस म्युजिक भिडियो अहिले युट्युबको ट्रेण्डिङ न: २६ मा रहेको छ ।

यो समाचार पनि पढ्नुहोस्:- बलिउडको सुपरहिट फिल्ममा गनिने फिल्म ‘गदर, एक प्रेम कथा’ ले एकातिर अमिषा पटेलको करियर र चर्चामा ‘चार चान्द’ लगाएको थियो भने केही नायिकाले यस कारण यो फिल्ममा अभिनय गर्न अस्वीकार गरिदिए किनभने उनी सनी देओललाई आफ्नो स्तरको ठान्दैनथे ।

‘गदर, एक प्रेम कथा सन् २००१ मा रिलिज भएको थियो र यो त्यस वर्षको सबैभन्दा हिट फिल्म थियो । यो फिल्मका कारण थुप्रै दंगा भएको पनि बताइन्थ्यो । यो फिल्म रिलिज भएको २० वर्ष पुगिसकेको छ ।

यो फिल्मले २० वर्ष पूरा भएको मौकामा यो फिल्मका निर्देशक अनिल शर्माले अन्तरवार्तामार्फत् सनी देओल बारे यो कुरा खुलासा गरेका थिए । अनिल शर्माले आफ्नो अन्तरवार्तामा भनेका थिए, ‘यो फिल्मका लागि थुप्रै नायिकालाई प्रस्ताव गरिएको थियो तर विभिन्न कारण देखाउँदै उनीहरुले फिल्म रिजेक्ट गरिदिए । केही नायिकालाई यो फिल्म निकै पुरानो जमानाको लागेको थियो भने कतिलाई सनी देओल आफ्नो स्तरको लाग्दैनथ्यो । ’

यो बलिउड वेबसाइटलाई दिएको अन्तरवार्तामा अनिल शर्माले भनेका थिए, ‘म कसैको नाम लिन चाहन्नँ किनभने यो सही हुनेछैन । हामीले सन् २००१ का थुप्र्र चर्चित नायिकालाई यो फिल्मका लागि सम्पर्क गरेका थियौं तर उनीहरुलाई लाग्दैनथ्यो कि सनी देओलको स्तर उनीहरुसँग मिल्दैनथ्यो ।’

अनिल शर्मा थप्छन्, ‘कतिलाई त सनीको उमेर उनीहरुभन्दा असाध्यै धेरै छ र कतिलाई उनीसँग आफ्नो जोडी मेल नखाने पनि लाग्थ्यो । यतिमात्रै होइन, कतिलाई त लाग्थ्यो कि सनी देओल ट्रेन्ड हिरो होइनन्, यस्तै कतिले सनी देओलको नाम सुनेर नै फिल्मको कहानी सुन्न अस्वीकार गरेका थिए ।’

उनी थप्छन्, ‘यो फिल्म अमिषा पटेलको भाग्यमा लेखिएको थियो । जति नायिकाले यो फिल्ममा अभिनय गर्न अस्विकार गरे अब उनीहरु फिल्म छोडेकोमा अफसोस जताइरहेका छन् । ’ अनिल शर्माले द हिरो लभ स्टोरी अफ अ स्पाई, अपने, अब तुम्हारे हवाले वतन साथीयों जस्ता सुपरहिट फिल्म पनि बनाएका छन् । यस्तै अनिल शर्मा आफ्नो नयाँ फिल्म अपने–२ को तयारीमा जुटेका छन् ।

About admin

Check Also

गायक रामजी खाँडले बनाए राजधानीमै ५ करोडको घर ( भिडियो हेर्नुहोस् )

लोकप्रिय लोकदोहोरी गायक रामजी खाँडले काठमाडौंमा आफ्नै घर बनाएका छन।झन्डै २ दशक लामो संगीत यात्रामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *