Monday , December 6 2021
Breaking News
Home / मनोरंजन / डिभोर्सपछि मस्तसँग एक्लै जीवन हाँकिरहेका नेपाली सुन्दरी !

डिभोर्सपछि मस्तसँग एक्लै जीवन हाँकिरहेका नेपाली सुन्दरी !

वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल भएको छैन् ।सामन्यतया अविश्वास, आशंका र महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ । डिभोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, झरना बज्रचार्य छन् ।

त्यस्तै सुस्मिता बमजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजना लामा, सिरु बिष्ट, सुस्मिता कार्की, सिर्जना बस्नेत डिभोर्स गर्ने कलाकारको सूचीमा पर्छन् । एउटा दाम्पत्य सम्बन्ध सफल नभएर अलग भएका दम्पतीहरु अर्कोसंग घरजम गर्ने तयारी गर्छन् ।तर डिभोर्सपछि एक्लै गुजारा चलाइरहेकाहरु पनि छन् । यी महिला कलाकारहरु जो डिभोर्सपछि पनि एकलै जीवन हाँकिरहेका छन् र खुसी छन् ।

– रेखा थापानेपाली सिने क्षेत्रमा हिम्मतवाली नायिकाका रुपमा परिचित छिन् रेखा थापा । फिल्मभित्र नायकलाई ओझेल पार्दै उनी नै नायकका रुपमा उभिन्छिन् । निर्देशक छवि ओजासंग विवाह गरेकी थापाको वैवाहिक सम्बन्ध लामो समयसम्म टिक्न सकेन् । एक दशक लामो वैवाहिक सम्बन्धलाई ब्रेक लगाएकी रेखा हाल एक्लै बस्दै आएकी छिन् ।

– मनिषा कोइरालामनिषा केहि समयसम्म बलिउडमा नम्बर १ नायिकाको स्थान हासिल गरेकी नायिका हुन् । नेपाली फिल्म फेरि भेटउँलाबाट डेब्यु गरेपनि बलिउडमा भने उनले टप ब्यानरको सौदागरबाट झुल्किने मौका पाइन र उनी त्यहि फिल्मबाट नै रातारात स्टार बनिन् । उनै मनिषाले सम्राट दाहालसंग विवाह गरेकी थिइन् । तर यो विवाह छोटो समयमा नै पूर्णविराम लाग्न पुग्यो ।

– रिमा विश्वकर्मानायिका तथा मोडल रिमा विश्वकर्माले रोबर्ट बिकसंग विवाह गरेकी थिइन् । विवाह गरेको २ वर्ष नपुग्दै नै उनीहरुले आफ्नो सम्बन्धलाई पूर्णविराम लगाइदिएका थिए । नेपाल आइडलको होस्ट बनेपछि लोकप्रियता अझ तुल्याउन सफल रिमा प्रस्ट वक्ता र सुन्दरताका कारण चर्चामा रहन्छिन् । रिमाले अर्को विवाहको बारेमा केहि सोचिनसकेको बताउने गरेकी छिन् । उनले हाल कमेडी च्यम्पियनमा होस्ट गरिरहेकी छन् ।

गौरी मल्लगौरी मल्लले चलचित्र सन्तानबाट डेब्यु गरेकी हुन् । अब्बल अभिनयका कारण उनी नेपाली सिने बजारमा सदाबहार छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि अन्तत उनीहरु अलग्गिए । गौरीले अर्को विवाह नगरी एक्लै बस्दै आएकी छिन् ।

– चुल्ठिम डोल्माचलचित्र नोभेम्बर रेन बाट चर्चामा आएकी चुल्ठिमले गाएक धिरज राईसंग विवाह गरेकी थिइन् । चुल्ठिमको बैवाहिक सम्बन्धपनि लामो समयसम्म अघि बढेन् । उनीहरु के कारणले अलग भए भन्नेकुरा खुलाइएको छैन् ।

– मौसमी मल्लमौसमी कुनै समयकी चर्चित नायिका हुन् । उनले १५ वर्ष कै उमेरमा धन विक्रम मल्लसंग विवाह गरेकी थिइन् । विवाह भएको ९ वर्षपछि मौसमीले डिभोर्स गरेकी हुन् । आफ्नो ध्वस्त वैवाहिक जीवन सम्झेर पुन विवाह गर्नेबारे कल्पनासम्म पनि नगरेको उनले बताउने गरेकी छिन् ।

– अरुणिमा लम्सालएक समयकी चर्चित नायिका अरुणिमा लम्सालको पनि वैवाहिक सम्बन्ध टिक्न सकेन् । अमित अर्यालसंग विवाह गरेकी उनले १२ वर्षको वैवाहिक सम्बन्धलाई टुङ्ग्याएकी थिइन् । उनले अभिमन्यु,आफ्नो मान्छे आफ्नै हुन्छ, अग्नि ज्वाला, बुवाआमा, मेरो प्यारो माइतिघर, रामबलराम लगायतका २ दर्जन चलचित्रमा अभिनय गरेकी छिन् । पछिल्लो समय चलचित्र क्षेत्रमा नदेखिएपछि उनको चर्चा भने भइरहने गर्छ ।

– मिलन अमात्यमिलन अमात्य नयाँ पुस्तामा परिचित गायिका हुन् । अहिलेसम्म उनले दर्जनौ गीतमा स्वर दिएकी छिन् । सफल गायिका अमात्यको वैवाहिक जीवन भने सफल हुन् सकेन् । विवाह भएको ६ वर्षमा मिलनको डिभोर्स भयो ।

About admin

Check Also

बिहे नहुँदै विक्की कौशलले दिए कट्रिनाकी आमालाइ यति ठुलो उपहार

विक्की कौशल र कट्रिना कैफको विवाह यतिबेला चर्चामा छ । यो जोडीले विवाह गर्न लागेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *