Thursday , October 28 2021
Breaking News
Home / अन्तरास्ट्रिय / भारतका चर्चित अभिनेताको यसरि भयो दु:खद निधन

भारतका चर्चित अभिनेताको यसरि भयो दु:खद निधन

काठमाडौं । हृ’दयघा’तका कारण भारतीय अभिनेता सिद्धार्थ शुक्लाको सोमबार निधन भएको छ । लोकप्रिय रियालिटी सो बिग बोस १३ का विजेता समेत रहेका शुक्लाको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

४१ वर्षीय शुक्लालाई बिहान हृ’दयघा’त भएको थियो। उनी आमा र दुई बहिनीसँग बस्थे। शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरू गरेका थिए। टेलिभिजन सिरियल ‘बाबुलका आंगन छुटे ना’बाट उनले डेब्यू गरेका थिए। उनी भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १३ का विजेतासमेत हुन्।

उनी पछिल्लोपटक ओटीटीमा प्रसारण भएको बिग बोस र डान्स दिवानेको तेस्रो सिजनमा पनि देखिएका थिए । बिग बोसको कारण उनी चर्चित भएका हुन् । उनले ठूलो पर्दाको फिल्म हम्पटी शर्माकी दुल्हानियाँमा पनि अभिनय गरेका थिए ।

अन्य समाचार : पोखरामा घट्यो अत्यतै दुखदायी घट्ना अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् ।

लगातारको वर्षापछि गए राति आएको पहिराले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलाममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उहाँकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ रहनुभएको छ ।

पहिरामा परी उहाँका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् भने घाइते आठ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले जानकारी दिनुभयो ।

त्यसैगरि पोखरा–११ भञ्ज्याङ नमूना टोलमा पहिराले घर परिँदा घाइते ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरामा परी घाइते भएका दुई जनाको उक्त अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पोखरा–११ काँहुमा पहिराले घर पुरिँदा एकैघरका तीन जना घाइते भएका छन् । अहिले घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी र विभिन्न सङ्घ संस्थाको सहयोगमा उद्धार कार्य भइरहेको छ ।

About admin

Check Also

राजधानीमा ताइपेईमा शक्तिशाली भूकम्प कम्पनको महसूस

आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरुले उत्तरपूर्वी ताइवानमा राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस …

Leave a Reply

Your email address will not be published. Required fields are marked *