Thursday , October 28 2021
Breaking News
Home / समाचार / माइत जान्छु भन्दै दिदीको छोरासँगै घरबाट निस्केकी २६ बर्षिय माही घर नफर्के पछी…

माइत जान्छु भन्दै दिदीको छोरासँगै घरबाट निस्केकी २६ बर्षिय माही घर नफर्के पछी…

समाजमा पत्याउनै नसकिने घटना आजभोली सार्बजनिक भै रहेको छ । दिदीको छोरासँगै घरबाट निस्केकी चितवन,खैरहनी–२ की एक महिला बेपत्ता भएकी छन् । गत साउन १३ गतेदेखि बेपत्ता भएपछि खोजी गरिदिन अनुरोध गर्दै परिवारका सदस्यले साउन १५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिएका हुन् । तर अहिलेसम्म उनको बारे केही पनि पत्ता लाग्न नसकेको परिवारजनले बताएका छन् ।

बेपत्ता भएकी महिला माही परियार हुन् । अन्दाजी २६ वर्षकी उनी दिदीको १७ वर्षीय छोरा रोहित थापासँग घरबाट निस्केकी तर छोरा फर्केर घर पुगे पनि उनी भने हराइरहेकी हुन् । भरतपुरमा वकिल गजेन्द्र वस्तीलाई भेट्ने र अस्पतालमा जाँचेर घर फर्कने भन्दै उनीहरु निस्केका थिए ।

भएभरका आफन्त तथा चिनेजानेकासँग सोधखोज गर्दा समेत उनको पत्ता लाग्न नसकेको घरका मान्छेले बताएका छन् । घरमा कुनै झै झ ग डा नभएको माहीकी सासू लालुमाया परियार बताउँछिन् ।

उनका अनुसार हराउनुभन्दा केही दिनअघि श्रीमानले विदेशबाट ९० हजार रुपैयाँ पठाइदिएका थिए । त्यतिञ्जेल उनका श्रीमान् सुरज परियार साउदीमा कार्यरत थिए । अहिले श्रीमती हराएपछि उनी नेपाल फर्किसकेका छन् । सुरज र माहीका दुई छोरी छन् । छोरीहरुलाई छाडेर एकसरो कपडामा गएकी माहीले रकम र केही गहनासमेत घरबाट लगेको सुरज बताउँछन् ।

माहीको माइती भारतको उत्तराखण्ड राज्यको हरिद्वार नजिकै हो । परिवारले उनी भारततिरै गएको आशंका गरेको छ । यसबीचमा भारत घर भएका दिदीको छोरा रोहित पनि आफ्नो घर पुगिसकेका छन् ।

रोहितले भने सानीमाले आफूलाई बोर्डरसम्म ल्याई एक्लै गाडी चढाएर पठाएपछि केही थाहा नभएको बताएका छन् । सुरजले ससुरालीमा फोन गरेर बुझ्दा माहीकी आमा (सासू) ले ‘अब माहीलाई पर्खेर बस्नुभन्दा अर्कै बिहे गर्नु बेस ज्वाइँ’ भनेको सुनाएका छन् ।

माही आफ्नो मितभान्जा नाता पर्ने भारत घर भएका पुरुषसित उतै गुपचुप रहेकी हुन सक्ने आफूहरुको अनुमान नजिक पुगेको सुरज बताउँछन् । सुरजका भिनाजु जीबी परियारले भने, ‘केही समयअघि ती जवान पुरुष आफ्नी आमासँग नेपाल घुम्न आएका थिए । फर्कंदा माही पनि माइत जान्छु भन्दै उनीहरुसँगै उता गएकी थिइन् । मितभान्जासित उनी गाडीको एउटै सिटमा बसेकी थिइन्,’ भनेर अहिले आशंका गरेका छन् ।

‘त्यतिबेला मितेरी साइनो भए पनि माइजू–भाञ्जा नाताबीच ना जा यज स म्बन्ध होला भन्ने सोचिएन । अहिले माही हराएसँगै ती पुरुष पनि बेपत्ता भएको खबर सुनेकाले आशंका उब्जिएको छ,’ जीबीले थप प्रष्ट्याएका छन् । कहीँकतै माही भेटिइन् वा फर्किएर आइन् भने आपसमा छलफल गर्ने, उनको कुरा बुझेर फेरि सँगै बस्न चाहेमा छोरीहरुको लागि भए पनि एक पटकलाई माफी दिएर स्वीकार्ने सुरजले समेत बताएका छन् । तर घटनाक्रमले त्यो सम्भावना भने देखिँदैन ।

– अजय गोर्खाली

About admin

Check Also

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

अब उत्तर प्रदेशको मेरठको यो दुखद प्रेम विवाह हेर्नुहोस् । थाना लिसादी गेट क्षेत्रको करीम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *