Friday , September 24 2021
Breaking News
Home / अन्तरास्ट्रिय / विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज

विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज

बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भयो । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ ।

सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि वि’ग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सि’डना’ज’ उपनामले परिचित थियो ।

सिद्धार्थको निधनको खबरसँग शहनाजको स्वास्थ्य अवस्था वि’ग्रिएको मिडियाले जनाएका छन् । शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन् । उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् ।

एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन ।

जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसकेका छन् ।’

यस्तै, सिद्धार्थका नजिकका साथी अबू मलिकले शहनाजको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित भएको भारतीय मिडियासँग प्रतिक्रिया दिएका छन् । सिद्धार्थ र शहनाजले एक अर्कालाई निक्कै माया गर्ने गरेको अबूले बताएका छन् । शहनाजले सिद्धार्थसँग चाडै नै बिहे समेत गर्न चाहेको अबूले बताएका छन् ।

मुम्बईको ओशिवारामा सिद्धार्थ शुक्लाको अन्तिम संस्कार भयो । आफ्नो सबैभन्दा विशेष साथीको अन्तिम संस्कारका लागि शहनाज गिल पुगेकी थिईन । शहनाज गिल समाधि स्थलमा पुगेका तस्बिर सार्वजनिक भएका छन् ।

शहनाज गिलको स्थिति निकै ख’राब देखिएको छ । उनी रुँदै आफ्नो सबैभन्दा विशेष साथीलाई अन्तिम बिदाई दिन पुगेकी छिन् । यतिबेला शहनाजलाई उनका भाइले सम्हालिरहेको देख्न सकिन्छ ।

उनी दिदीसँग समाधि स्थल पुगे । बाहिर मानिसहरु र मिडियाकर्मीको अ’त्यधिक भी’ड भएका कारण शहनाजलाई प्रहरी सुरक्षासहित समाधि स्थलसम्म पुर्याइएको छ ।

शहनाज गिल र सिद्धार्थको भेट बिग बस १३ मा भएको थियो । दुबैको दोस्ती निकै ग’हिरो थियो । उनीहरु एकअर्कामाथि मरी मे’ट्थे । तर अब उनीहरुको जोडी टुटेको छ ।

उनको निधनपछि बलिउडमात्र होइन, उनका फ्यान पनि शोकमा छन् । सिद्धार्थ लामो समयदेखि शहनाज गिलको प्रेममा थिए । शहनाज सिद्धार्थको घरमा बस्दै आएकी थिइन् ।

टेलिभिजन शो ‘बिग बोस’का प्रतिनिधि अबु मलिकले उनीहरु आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा रहेको खुलाए । उनका अनुसार सिद्धार्थले यसै वर्षको डिसेम्बरमा शहनाजसँग विवाह गर्ने योजना बनाएका थिए ।

उनीहरुको विवाहका लागि दुवैतर्फका परिवारले तयारी सुरु गरिसकेका थिए । उनीहरुले मुम्बईको होटलमा कोठा बुक गर्नेदेखि लिएर विवाहका लागि चाहिने बेङक्विट तथा अन्य सामाग्री बुक गर्न लागेका थिए । सिद्धार्थ र शहनाज आफ्नो विवाहको कार्यक्रमलाई तीन दिनमा पुरा गर्ने योजनामा थिए ।

About admin

Check Also

सिद्धार्थ शुक्लाको निधनपछि कस्तो छ शेहनाजको अवस्था ? अभिनेताले भने, ‘भगवान् थोरै त दया गर’

एजेन्सी – बलिउडका उदीयमान अभिनेता सिद्धार्थ शुक्लाको असायमयिक निधनले बलिउड इन्ड्रस्टी नै स्तब्ध भयो। विशेषगरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *