Sunday , September 19 2021
Breaking News
Home / समाचार / सङ्खुवासभामा भएको घटनास्थलबाट प्रहरीले फेला पार्यो यस्ता महत्वपूर्ण समान

सङ्खुवासभामा भएको घटनास्थलबाट प्रहरीले फेला पार्यो यस्ता महत्वपूर्ण समान

सङ्खुवासभामा एउटै परिवारका भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मु’चु’ल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अ’ज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार ह’ ‘त्या गरेको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको ह’ ‘त्या भएको थियो ।

अनुसन्धानका क्रममा मंङ्गलबार घटना अनुसन्धान गर्ने क्रममा घटनास्थलबाट १५ तोला सुन, तीन लाख रुपैँया रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदी ले जानकारी दिए ।

आइतबार राती भएको एकै परिवारका छ जनाको घट्नामा सं’लग्न अ’परा’धी पत्ता लगाउन सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुईवटा तालिम प्राप्त कुकुर समेत खटाइ अनुसन्धानमा निरन्तर लागिरहेको जनाइएको छ । अनुसन्धानका क्रममा घटनास्थलबाट बेलुकीपख कुकुरले सर्च गर्ने क्रममा एक थान फोन समेत फेला परेको प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवेदीको भनाई छ ।

उहाँका अनुसार मंङ्गलबार विहान घटनास्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायव उपरिक्षक (डिएपी) रुकमबहादुर कुँवरको कमान्डम रहेको टोली घटना स्थल पुगेर अनुसन्धानको प्रक्रियालाई झनै फराकिलो रुपमा अगाडि बढाइएपछि घटनास्थलबाट उक्त सामानहरु फेला फेला परेको जनाइएको छ ।

उक्त घटनामा सं’लग्नता दोशीको खोजी कार्य जारी रहेको र अ’परा’धी पत्ता लगाएर चाँडै कारबाहीको दायरामा ल्याउन निरन्तर अनुसन्धानमा लागि परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । घटनाको सत्य तथ्य छिटो भन्दा छिटो पत्ता लगाउन निरन्तर अनुसन्धान जारी राखेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । घटनामा सं’लग्न हुन सक्ने अ’परा’धी फ’रा’र हुन नदिन सोमबारबाटै सङ्खुवासभाका सबै नाकाहरुमा प्रहरी परिचालन समेत गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

तेजबहादुरका दुई छोराहरू वैदेशिक रोजगारीमा छन्। जेठो छोरा रमेश र नरेश दुवै मलेसिया छन्। रमेशकी श्रीमती रञ्जनाको यसै घटनामा परेकी छन्। नरेशकी श्रीमती मुना भने झापामा बस्छिन्। ‘धन कमाएर परिवार चलाउन विदेश गएका छोराहरूलाई अब हामीले कसरी खबर सुनाउने ?’ छिमेकी लक्ष्मीभक्तले पी’डा सुनाए, यो परिवारको छरछिमेकका कसैसँग झै–झ’गडा पनि थिएन। मिजासिला थिए। यो त रहस्यमय घटना भयो।’

तराईमा जग्गाको बैना गरेर बौदमानको परिवार जग्गापास गर्न जाने तयारीमा थियो। जग्गापास गर्न लागेको खबर पाएकाले घरमा पैसा राखेको हुन सक्ने आशंकामा उनीहरूको यो घट्ना भएको हुनसक्ने स्थानीयको अनुमान छ। तीजपछि उनीहरू तराईमा जग्गापास गर्न जाने तयारीमा रहेको मृतकका आफन्तले बताए।

यो पनि : कोदालोले कोरेको बाटो अब कालोपत्र

कहालीलाग्दो पहाडमा गोरेटो बाटो मात्रै थियो । भारी बोकेका भरिया, बच्चा बोकेका आमा र बिरामी बोकेका सुसारे सबैको बाध्यता साँघुरो बाटोमा घुँडा टेकेरै भए पनि ताराखोला पुग्नुपर्ने बाध्यता थियो ।

ताराखोला गाउँपालिकामा राज्यको ध्यान पुग्न सकेको थिएन । ताराखोला किनारको बाटो होस् वा रिजाचोकदेखि अमरभूमि, अर्गल, हिल, तारा हुँदै रुमफेदी म्याग्दी पुग्ने गोरेटोको यात्रा कष्टकर थियो । सदरमुकामबाट पश्चिममा पर्ने ढोरपाटन र दक्षिणको बरेङ पुग्ने सडक एशियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको थियो । ताराखोला ति दुवै सडकको पहुँचमा परेन ।

‘‘आफ्नो गाउँ आफंै बनाऔं भन्ने उद्देश्यका साथ हामीले कुटो कोदालोमा भरमा बाटो खन्यौँ, रिजाचोकदेखि अमरभूमि, अर्गल, हिल, तारा र रुमफेदीको बाटो चिउरा र चिया खाएर निर्माण ग¥यौँ,” स्थानीयवासी गोविन्द घर्तीले भन्नुभयो । अठार वर्ष अघि उक्त सडकको रेखा कोरिएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती २० किलोमिटर सडक निर्माण गर्दा पनि राज्यको ध्यान त्यसतर्फ पुग्न नसकेको बताउनुहुन्छ । “सडक फराकिलो र कालोपत्र होस् भन्ने हाम्रो चाहना थियो,” उहाँले भन्नुभयो । बाइस वर्षपछि स्थानीयवासीको सपना बल्ल पूरा हुँदैछ । हाल रिजाल चोकदेखि ताराखोला गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र शुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना, पोखराले तीन वर्षभित्र सक्नेगरी गाउँपालिकासँग सडक कालोपत्रको सम्झौता गरेको छ ।

प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बमोजिम उक्त सडक कालोपत्र भइरहेको छ । सो आयोजनाका प्रमुख कुमार थापा, भौतिक पूर्वाधार सहरी तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर राम पराजुली र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैह्रेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार चाँडै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुनेछ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सो सडकको कालोपत्र गर्न रु ७० करोड खर्च हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारले आयोजनाको कूल बजेटको १० प्रतिशत साझेदारी गर्ने प्रतिबद्धता जनाएको छ । कालोपत्रपछि ताराखोला पर्यटकीय हब बन्ने स्थानीयवासीको विश्वास छ । सडक निर्माणपछि यहाँको स्थानीय उत्पादनले बजार पाउने छ । ताराखोला पशुपालन, घरेलु उद्योग, कृषि, पर्यटनलगायत सम्भावना भएको ठाउँ हो ।

यो पनि : यस वर्ष निजामती पुरस्कार पाउने ४० कर्मचारी

सरकारले यस वर्षको निजामती पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा गरेको छ । उत्कृष्ट निजामती पुरस्कारका लागि १० जना छनोट भएका छन् । नाम छनोट भएकामा सर्वोच्च अदालतका सहरजिस्टार विमल पौडेल, राष्ट्रिय योजना आयोगका किरण रुपाखेती सहसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका राजेन्द्रकुमार केसी सहसचिव, स्वास्थ्य सेवा विभागका डा भीमसिं तिङ्करी निर्देशक, महान्याधिवक्ताको कार्यालयका हरिशङ्कर ज्ञवाली उपन्याधिवक्ता, भूमि व्यवस्था तथा अभिलेख विभागका सुमना अर्याल वाग्ले निर्देशक, महिला तथा बालबालिका विभागका कमला ढकाल काफ्ले नायब सुब्बा, वेनी नगरपालिकाका छविलाल सुवेदी प्रमुख प्रशासकीय अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विष्णुदत्तत गौतम सहसचिव र महालेखा परीक्षकको कार्यालयका नेत्रप्रसाद पौडेल निर्देशक रहनुभएको छ ।

त्यसैगरी निजामती पुरस्कार पाउनेमा विभिन्न कार्यालयका ३० जना कर्मचारी छनोट भएका छन् । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लक्ष्मीकुमारी बस्नेत सहसचिव, राष्ट्रिय सतर्कता केन्द्रका ज्ञानराज सुवेदी सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कोशलचन्द्र सुवेदी सहसचिव (कानून), महेशविक्रम लागेजु शाखा अधिकृत र पूर्णप्रसाद अगस्ती कार्यालय सहयोगी, शहरी विकास मन्त्रालयका विष्णुप्रसाद शर्मा सहसचिव र अर्थ मन्त्रालयका दिलीपकुमार गौतम उपसचिव (राजस्व) हुनुहुन्छ ।

त्यस्तै निजामती कर्मचारी अस्पतालका भोलाप्रसाद चापागाईं उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका शान्त नेपाल मरासिनी उपसचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका डा भोजराज शर्मा (काफ्ले) उपसचिव शिक्षा, निर्वाचन आयोगका गुरुप्रसाद वाग्ले उपन्याधिवक्ता, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका विपुलकुमार लाल दास सिनियर डिभिजन इञ्जिनीयर र लोकसेवा आयोगका सूर्यप्रसाद सापकोटा उपसचिव छनोट भएका हुन् ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका केदारप्रसाद नेपाल सिनियर डिभिजन इञ्जिनीयर, नापी कार्यालय ताप्लेजुङका विज्ञान बञ्जारा अधिकृत, कृषि विभागका प्रमिला वाग्ले कृषि विकास अधिकृत, गृह मन्त्रालयका कुलशेखर अर्याल शाखा अधिकृत, पहाडी सानाकिसानका लागि अनुकुल आयोजना काठमाडौँबाट शिला ज्ञवाली सहायक वन अधिकृत र करदाता सेवा कार्यालय दिक्तेलका सुजितकुमार सिंह सहायक वन अधिकृत हुनुहुन्छ । त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका भक्तिप्रसाद भट्टराई लेखा अधिकृत, छत्रदेव गाउँपालिका अर्घाखाँचीका भेषराज पन्त शाखा अधिकृत, रक्षा मन्त्रालयका विन्ध्या कार्की लेखा अधिकृत र सङ्घीय संसद् सचिवालय जलेश्वरका राम शाखा अधिकृत (कानून) रहेका छन् ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका जिज्ञासा राई (याङ्खुरुङ) इञ्जिनीयर, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका भरतप्रसाद तिमिल्सिना, मुद्रण विभागका उत्तम खनाल वरिष्ठ मुद्रण सहायक, राष्ट्रपति कार्यालयका खडानन्द पौडेल कम्प्युटर अपरेटर, उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जका के आई सि गलान नायव सुब्बा, जिल्ला प्रशासन कार्यालय रौतहटका रामनरेश शाह नायब सुब्बा र परराष्ट्र मन्त्रालयका अमरसिंह लामा कार्यालय सहयोगी रहनुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो ।

उक्त पुरस्कार २०६१ सालदेखि वितरण गरिदै आएको हो । उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि रु एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

About admin

Check Also

गायिका विष्णु माझीको घरमा प्रहरी, घर पुग्दा यस्तो अवस्थामा (भिडियो सहित)

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *