Thursday , January 27 2022
Breaking News
Home / अन्तरास्ट्रिय / पब्जी खेल्दाखेल्दै अचानक जोडले चिच्याएपछि १८ वर्षीय दीपकको गयाे ठाउकाे ठाउ ज्यान

पब्जी खेल्दाखेल्दै अचानक जोडले चिच्याएपछि १८ वर्षीय दीपकको गयाे ठाउकाे ठाउ ज्यान

आजभोलि युवाहरुमा पबजी गेमको लत निकै बढेको छ । उनीहरु यो गेमप्रति यतिसम्म आशक्त भएका छन् कि उनीहरुले ज्यान समेत गुमाउनु परेको छ । १८ वर्षका युवक पबजी गेम खेल्दाखेल्दै यतिसम्म उत्साहित भए कि उनलाई अचानक हृदयाघात भयो र उनको मृत्यु भयो ।

भारतको मध्य प्रदेशको देवास जिल्लाका १८ वर्षकादिपक नामका किशोर गेम खेल्दाखेल्दै अति उत्साहमा जोडले चिच्याए । त्यसपछि अचेत भएका उनको हृदयाघातका कारण मृत्यु भयो । देवासको औद्योगिक क्षेत्र शान्तिनगरमा बस्ने ११ कक्षामा छात्र दीपक गेम खेल्दाखेल्दै अचानक चिच्याएका थिए ।

भारतीय मिडियाका अनुसार गेम खेल्दाखेल्दै अचानक चिच्याएर अचेत भएका उनलाई परिवारले अस्पताल लगेका थिए तर अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको थियो । औद्योगिक क्षेत्र थाना पुलिसले यसको जाँच सुरु गरेको छ ।शवको जिल्ला अस्पतालमा पोस्टमाटृम गरिएको छ । परिवारका अनुसार दीपक धेरै नै पबजी गेम खेल्थे र पछिल्लो २ दिन उनी पहिलेभन्दा पनि धेरै मोवाइलमा व्यस्त थिए ।

About admin

Check Also

यो हो ‘इच्छा मृत्यु’ चाहनेहरुका लागि मेसिन: स्वीजरल्याण्डले ‘डेथ मेसिन’ लाई दियो कानुनी स्वीकृति, १ मिनेटै बिना पीडा हुन्छ मृत्यु

एजेन्सी । स्वीस सरकारले इच्छा मृत्युका लागि मेसिनको प्रयोगलाई कानुनी स्वीकृति दिएको छ । यो …

Leave a Reply

Your email address will not be published.