Sunday , November 28 2021
Breaking News
Home / समाचार / संखुवासभा घटनाले लियो नयाँ मोड, प्रहरीको अनुसन्धान पनि फेरीयो

संखुवासभा घटनाले लियो नयाँ मोड, प्रहरीको अनुसन्धान पनि फेरीयो

काठमाडौ । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा भएको कार्की परिवारको घटनामा नयाँ मोड आएको छ । अहिले सम्मको अनुमान फेल भएपछि प्रहरीले नयाँ तरिकाले अनुसन्धान गर्नुपर्ने भएको छ ।

सोमबार उम्लिङस्थित ८५ वर्षीय बौद्धमान कार्कीको परिवारका ६ जना सदस्यको मृ त फेला परेका थिए । घटनाबारे विभिन्न आंशका गरिएको भए पनि अनुसन्धान जारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले जानकारी दिए।

प्रहरी नायब महानिरीक्षक बिसीले आर्थिक पाटोलाई लिएर सुरुवाती अनुसन्धान गरिएको भए पनि घटनाले नयाँ मोड लिएको बताए । अब नयाँ ढंगले अनुसन्धान गर्नुपर्ने देखिएको उनले बताए । उनका अनुसार प्रहरीको सुरुवाती अनुसन्धानमा कार्की परिवारको घरभित्रै नगद र गहना भेटिएकाले पैसाका कारण घटना भएको अनुमान मिलेन । घटनाका कारण अन्य हुनसक्ने संकेत गर्दै उनले अन्य को ण बाट घटनाको अनुसन्धान भइरहेको उल्लेख गरे।

घटनाको अनुसन्धानमा थप सहयोग गर्न उनले प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट क्षेत्रीय अनुसन्धान टोली परिचालन भएको जानकारी दिए। घटना जग्गा खरिद प्रक्रिया र विदेशमा रहेका दुई छोराले पठाएको रकमलाई लिएर भएको हुनसक्ने स्थानीयको आशंका थियो। प्रहरीले पनि त्यसैलाई आधार बनाएर अनुसन्धान अघि बढाएको थियो । तर प्रहरीको प्रारम्भिक अनुसन्धानले त्यसलाई बुधबार बिहानसम्म निश्चित गर्न सकेको छैन।

बौद्धमानका परिवारले झापामा ८० लाखमा जग्गा किनेर पास गराउने तयारी गरेको बताइएको छ। जग्गा खरिदका लागि घरमा राखेको रकमका कारण घटना भएको अनुमान गरिएको थियो । घटना भएको घरभित्रै नगद र गरगहना सुरक्षित भेटिएपछि आशङ्का र अनुसन्धानमा मेल खाएन। जसले गर्दा घटना थप रहस्यमय बन्दै आएको हो।

प्रहरीले आधिकारिक रूपमा पुष्टि नगरे पनि घरभित्र चार लाख ७० हजार रूपैयाँभन्दा बढी नगद र गरगहना फेला परेको बताइएको छ। सङ्खुवासभा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले घटना निष्कर्षमा नपुगेसम्म घटनास्थलमै रहेर अनुसन्धानलाई अघि बढाइने जानकारी दिए।

About admin

Check Also

चितवनमा इतिहाँसमै सवैभन्दा वढि….

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औ’षधी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *