Sunday , November 28 2021
Breaking News
Home / मनोरंजन / अभिनेत्री ऋचा शर्मा बनिन् आमा

अभिनेत्री ऋचा शर्मा बनिन् आमा

काठमाडौं–अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचाले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् ।

अस्पतालका अनुसार शल्यक्रियापछि बच्चा जन्मिएको हो । बच्चाको तौल तीन किलो एक सय ग्राम छ । सामाजिक सञ्जालमा ऋचाको श्रीमान दीपेक्षलेले छोरा काखमा लिएको फोटो राखिएको छ ।

ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्। ‘भिसा गर्ल’, ‘उमा’, ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘सुनकेशरी’लगायतका फिल्ममा अभिनय गरिसकेकी ऋचा पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’मा निर्णायक सदस्य थिइन् । चिकित्सकको सल्लाह अनुसार नै गत साताको यो शोमा उनी उपस्थित भएकी थिइनन् ।

सम्बन्धित समाचार : काठमाडौं । नायिका ऋचा शर्मा आमा बनेकी छन् । उनले पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएकी छन् । ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।

ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् । ऋचाले आज राति अस्पतालमा छोरालाई जन्म दिएको कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

नेपाली सिने जगतकी चर्चित नायिका ऋचाले नयाँ वर्षको मौका पारेर आफु आमा बन्न लागेको जानकारी गराएकी थिइन् । उनी गर्भवती अवस्थानै कमेडि च्याम्पियनमा जाने गर्थिन । ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभाष भइरहेको छ ।’ उनको यस्तो स्टाटस पछि बधाई दिनेहरुको ओइरो लागेको थियो ।

उनका अनुसार एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो । आफूभित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजीवनको रुख पनि रोपेका थिए । यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु ।’

त्यस्तै, क्षितिजमा रहेकी आमाले पनि छोरीलाई ठूली भई भन्दै गरेको हुनुपर्ने उनले लेखेकी थिइन् । ‘मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई ।’ ऋचा शर्मा र दिपेक्ष विक्रम राणा २०७६ मंसिरमा वैवाहिक स म्ब न्ध मा गाँसिएका थिए । दिपेक्ष ललितपुरको पुल्चोक स्थित लविम मलका व्यवस्थापक हुन् । विवाह अघिदेखि नै उनीहरू प्रेम स म्ब न्ध मा थिए । २०७६ पुसमा ऋचा शर्माकी आमा रीनादेवी शर्माको ६७ वर्षको उमेरमा निधन भएको थियो ।

About admin

Check Also

बिवाह गर्न नमानेपछि सागर र प्रिज्माबीच ब्रेक अप

हास्य सिरियल ‘भद्रगोल’मा ‘बले’को भूमिकाबाट चर्चामा आएका सागर लम्साल पछिल्लो समय म्युजिक भिडिओमा पनि निकै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *