Monday , October 25 2021
Breaking News
Home / मनोरंजन / नायिका ऋचा शर्मा आमा बनिन, तर पुत्रको तस्बिरमा यस्तो खुलाशा

नायिका ऋचा शर्मा आमा बनिन, तर पुत्रको तस्बिरमा यस्तो खुलाशा

काठमाडौं ।नायिका ऋचा शर्मा आमा बनेकी छन् । गत वर्ष दिपेक्षविक्रम राणासँगै विवाह बन्धनमा बाँधिएकी ऋचाले पहिला सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् । उनले आज राति अस्पतालमा छोरालाई जन्म दिएको जनाइएकाे छ ।

ऋचाको श्रीमानले छोरा काखमा लिएको फोटो सामाजिक सञ्जालमा बाहिरिएको छ । ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् ।

कमेडी च्याम्पियन परिवारले शर्मालाई शुभकामना दिँदै भनेको छ,‘हाम्री प्यारी ऋचु दी अब नयाँ सदस्यको आगमनसंगै ऋचु ममी हुनुभएकोमा हामी सम्पूर्ण कमेडी च्याम्पियन परिवारको तर्फबाट हार्दिक बधाई। आमा–छोरा दुबैको सुस्वास्थ्यको कामना।’

अन्य समाचार : गायकद्धय दुर्गेश थापा र भिटेनलाई वाइसीएलले भित्राउने माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलले गायक दुर्गेश थापा र भीटेनलाइ भित्र्याउने भएको छ l चितवनमा वाइसीएलले आयोजना गरेको कार्यक्रममा यी दुईलाई भित्र्याउने जानकारी गराइएको हो ।

वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले गायकद्धय दुर्गेश थापा र भिटेनलाई भित्र्याउने अभिव्यक्ति दिएकी हुन् । दुर्गेश र भिटेनजस्ता युवाहरूलाई युवामा ल्याएर अब्बल दस्ता निर्माण गर्ने उनको भनाई छ । साथै ‘समाजका सबै युवाहरूलाई हामी वाइसीएलमा ल्याउँछौँ’ उनले भने, ‘एउटा राम्रो खेलाडी, राम्रो कलाकार, उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाइसीएल बन्न लामो समय कुरेर क्रियशिल भइरहन जरुरी हुन्न ।’ वाइसीएललाई सहरमा लोकप्रिय र सबैभन्दा ठुलो संगठन बनाइने कुरा पनि उक्त कुरा पनि कार्यक्रममा बताइएको थियो ।

पछिल्लो समय कलाकारहरूको राजनीतिक क्षेत्रमा प्रवेश गर्ने क्रम बढ्दो छ । मिडियामा राजनीतिमा नजाने भनेर खोक्रो अभिव्यक्ति दिएता पनि भित्र भित्रै भने राजनीतिक दलमा प्रवेश गरेका उदाहरणहरू धेरै छन् ।

जसमा रेखा थापा , करीश्मा मानन्धर , ‘मुला साग’ सुरेन्द्र केसीहरू छन् l यी त मिडियामा देखाएर नै छिरेका थिए । नदेखाई छिर्ने त कति छन् कति ? नेताहरूले पनि कलाकारलाई पार्टीमा स्वागत गर्न तँछाडमछाड गरिरहेको खबर पनि हामीले सुनी नै रहेको हुन्छौ ।

About admin

Check Also

‘मलाई सलमान खान मनपर्छ, बिहेपनि उहाँसँगै गर्न चाहान्छु’- सुष्मा कार्की

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *