Monday , October 25 2021
Breaking News
Home / Uncategorized / यी हुन् प्रियंका चोपडाका जीवनमा आएका ५ प्रेमी, ४ जनासंग यसरि टुटेको थियो सम्बन्ध

यी हुन् प्रियंका चोपडाका जीवनमा आएका ५ प्रेमी, ४ जनासंग यसरि टुटेको थियो सम्बन्ध

बलिउड नायिका प्रियंका चोपडा र निक जोनासको बिवाह भएको केहि बर्ष भैसकेको छ । बलिउडबाट हलिउडसम्मको यात्रामा प्रियंकाको नाम धेरैजना पुरुषसँग जोडिए भने अमेरिकन गायक निक जोनाससँग पनि धेरैजना महिलाको नाम जोडिएका थिए ।

३५ वर्षीया प्रियंकाको प्रेममा परेका २५ वर्षीय निक अहिले जोधपुरमा विवाह गरेका हुन् । पूर्व प्रेमी र प्रेमिकासँग सम्बन्ध टुटेका यी दुवैको जीवनले नयाँ मोड आएको छ । प्रियंकाले र निकको करियर बराबरीमा छ । तर प्रियंकाले निकभन्दा पहिले ६ पुरुषसँग सम्बन्धमा रहेकी थिइन् ।

शाहरुख खान : शाहरुख आफ्नी श्रीमती गौरीलाई धेरै नै माया गर्छन् । गौरीलाई पाउनको लागि धेरै मेहेनत गरेका शाहरुखको नाम प्रियंकासिवाय कसैसँग जोडिएको छैन । प्रियंकासँग फिल्म गर्दा गर्दै एक अर्कालाई मन पराउँन थालेको कुरा फिल्म निर्देशक करण जोहरसम्म पुगेपछि उनले गौरीलाई साथ दिएर उनीहरुको सम्बन्धको अन्त्य गराइदिए ।

अक्षय कुमार : ‘अन्दाज’, ‘मुझसे शादी करोगी’, ‘वक्त – रेस अगेन्स्ट टाइम’ जस्ता फिल्ममा सँगै काम गरेका प्रियंका र अक्षयको जोडी फिल्ममा निकै रुचाइएको थियो । विवाहित अक्षयसँग प्रियंकाको प्रेमको हल्ला चल्न थाल्यो । तर अक्षयकी श्रीमती ट्विङ्कल खन्नाले दुवैलाई टाढा रहन चेतावनी दिएपछि सम्बन्धमा पूर्णविराम लाग्यो ।

हरमन बावेजा : अक्षयपछि उनको जीनवमा हरमन बावेजा आए । फिल्म निर्माता ह्यारी बावेजाका छोरा हरमन बलिउडमा पाइला राख्दै थिए । फिल्म ‘लब स्टोरी २०५०’ मा करीना कपूरसँग खेल्ने भनिएतापनि करीनाले फिल्म छोडिदिइन् भने प्रियंकाले फिल्म खेलिन् । फिल्म खेल्दासम्म उनीहरुको प्रेम पनि झाङ्गिएको थियो तर जब फिल्म फ्लप भयो तब उनीहरुको सम्बन्ध पनि सकियो ।

शाहिद कपूर : उनीहरुको प्रेमको खुलासा हुनुमा ‘इनकम ट्याक्स’ का अधिकारीहरुको हात रहेको थियो । प्रियंकाको घरमा छापा मार्दा शाहिदले ढोका खोलेपछि उनीहरुको रोमान्सको चर्चा भयो ।

निक जोनास : जब निकसँग प्रियंकालाई पहिलोपटक देखियो तब सबैको चासो उनीतिर नै केन्द्रित हुन पुग्यो । धेरै वटा कार्यक्रममा एक साथ देखिन थालेका यो जोडी भारत पनि गए । दुवैले एक अर्काको परिवारसँग भेटघाट गरे । र सम्बन्धलाई विवाहमा परिणत गर्न सफल पनि भए ।

About admin

Check Also

अष्ट्रेलियामा नेपाली महिलालाई ३ वर्षको जे’ल सजाय, सन्तोषले क’ण्डम लगाउन नमान्दा…

काठमाडौं । पति ह,’त्याको अभियोगमा अष्ट्रेलियाको एक अदालतले नेपाली मूलकी महिला नुमा गौतमलाई तीन वर्ष …

Leave a Reply

Your email address will not be published. Required fields are marked *