Thursday , October 28 2021
Breaking News
Home / अन्तरास्ट्रिय / पक्राउ परे पानीपुरीमा पिसाब मिसाउने व्यक्ति

पक्राउ परे पानीपुरीमा पिसाब मिसाउने व्यक्ति

केहि दिन अघि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल बनेको छ । खासमा एक पानी पुरीवालाले पानीपुरीमा हालेर खाने अमिलो, पिरोयुक्त स्वादिलो पानीमा पिसाब मिसाएका थियो ।

उनको यो निच हर्कतको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि भिडियो भाइरल बनेको हो ।

खासमा सामाजिक सञ्जालमा भाइरल यो भिडियो भारतको गुवाहाटीस्थित अठगाउँको हो । जहाँ उनी सडक किनारमा नियमित पानीपुरी बेच्दै आएका थिए । तर उनले गर्ने हर्कतबारे कसैलाई थाहा थिएन । यस्तैमा एक व्यक्तिले उनको भिडियो खिचेर उनको यर्थाथता बाहिर निकाले ।

गुवाहाटीमा पानीपुरी बेच्ने ती व्यक्तिले पिसाब मिसाएको भिडियो भाइरल बनेपछि धेरैले उनीप्रति आक्रोश व्यक्त गरेका छन् । भिडियो भाइरल बनेपछि उनको घिनलाग्दो हर्कतका विरुद्ध प्रहरीले कदम चालेको छ । उनलाई पक्राउ गरी कारबाहि प्रकृया अघि बढाइएको छ ।

About admin

Check Also

राजधानीमा ताइपेईमा शक्तिशाली भूकम्प कम्पनको महसूस

आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरुले उत्तरपूर्वी ताइवानमा राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस …

Leave a Reply

Your email address will not be published. Required fields are marked *