Monday , October 18 2021
Breaking News
Home / Uncategorized / यसकारण उपासना भाग्यमानी नायिका

यसकारण उपासना भाग्यमानी नायिका

चलचित्रको बजारमा जम्न सहज छैन । यसमाथि, थोरै चलचित्रमा काम गरेर जम्ने अवसर सबैका लागि हुँदैन । नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे ।

गतवर्ष चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले यो वर्ष अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो । करिब १० करोडको हाराहारीमा व्यापार गरेको चलचित्रबाट नायिकाको काम पनि समीक्षक र दर्शकले रुचाए ।

दोश्रो, चलचित्रबाट नै यति सफलता पाएकी यी नायिका यो वर्षकी भाग्यमानी नायिका हुन् भन्दा फरक पर्दैन । किनकी, यो वर्ष हिट भएका पाँच चलचित्रमध्ये एक चलचित्र उनको नाममा छ । चलचित्र हिट हुनु र कलाकारलाई दर्शकले रुचाउनु एउटै कुरा भने होइन । तर, उपासनाको भागमा भने दुबै कुरा परेको छ ।

उनले, आगामी वर्षको भदौ महिनासम्म पढाई सकेर मात्र नयाँ चलचित्रमा काम गर्ने तयारी गरेकी छिन । तर, उनलाई चलचित्रमा अफर गर्ने निर्माताको संख्या पनि कम छैन ।

अनमोल र उपासनाको कोरोना रिपोर्ट नेगिटिभ कन्ट्याक्ट ट्रेसिङमा परेका नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । केही दिन अगाडि एक विज्ञापनका लागि फोटोसुट गर्ने क्रममा उनीहरु कन्टयाक्ट ट्रेसिङमा परेका थिए ।

यमाहा कम्पनीमा काम गर्ने एक महिलामा कोरोना पोजिटिभ देखिएको र उनी अनमोल र सुहानाको फोटोसुटको दिन उनीहरुसँगै रहेकाले पनि दुई कलाकार कन्टयाक्ट ट्रेसिङमा परेका थिए ।

यसपछि अनमोल र सुहानाको स्वाब संकलन गरिएको थियो । नायक अनमोल केसीले भने–‘स्वाब संकलन भएपछि रिपोर्ट नआन्जेलसम्म त डर नै लागेको थियो । तर, रिपोर्ट आएपछि ढुक्क भएको छ ।’

स्वाब संकलन गरिएपछि अनमोल घरमै आइसोलेसनमा बसेका थिए । उनले, घरमा पनि सामाजिक दुरी कायम गरेर बसेको जानकारी दिएका थिए । लकडाउन खुलेसँगै अनमोल निरन्तर विज्ञापनको छायांकनमा व्यस्त छन् ।

About admin

Check Also

पानी बेचेर दिनको ३ सय कट्दैन, हात पसारेर खान स्वाभिमानले दिँदैन: हेर्नुहोस भिडियो सहित

काठमाडौं । दोलखाका रामप्रसाद कँडेलले संघर्ष गरेर ६ सन्तान हुर्काए । दुई दशक जागिर खाए …

Leave a Reply

Your email address will not be published. Required fields are marked *