Monday , October 18 2021
Breaking News
Home / समाचार / को हुन् ति शङ्कास्पद व्यक्ति जसको डीएनए परीक्षण गरिँदैछ ?

को हुन् ति शङ्कास्पद व्यक्ति जसको डीएनए परीक्षण गरिँदैछ ?

सङ्खुवासभाको मादी नगरपालिका वडानम्बर १ उम्लिङ्गमाभएको सामुहिक ह’त्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ ।

गत सोमबार भएको सामुहिक ह’त्या का’ण्डमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया सुरु गरेको हो ।

ह’त्या’रा नजिक पुग्न प्रहरीले मानवीय तथा प्राविधिक दुवै कोणबाट अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ । चार दिनअघि मादी नगरपालिका– १ उम्लिङ्गका तेजबहादुर कार्कीसहित उनकै परिवारका छ जनाको सामुहिक ह’त्या भ’ए’को थियो ।

सो हत्याको अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको टोलीले अनुसन्धान गर्दै आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *