Friday , September 24 2021
Breaking News
Home / प्रमुख समाचार / तेजबहादुरलाई मा र्न खोजेको थिएँ, प्रमाण मेटाउन देख्नेजति सबैलाई सिध्याएँ

तेजबहादुरलाई मा र्न खोजेको थिएँ, प्रमाण मेटाउन देख्नेजति सबैलाई सिध्याएँ

काठामा । संखुवासभा सामूहिक ह त्या प्रकरणमा संलग्न आरोपमा एक जना नाता पर्ने भतिज पक्राउ परेका हुन् । ह त्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित सामूहिक ह त्याका ण्डका आरोपी लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

२६ वर्षीय लोकबहादुर ह’त्या ग’ रिएका ५२ वर्षीय तेजबहादुर कार्कीका भतिज हुन् । गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको ह त्या भएको थियो ।

उक्त ह त्याका ण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की मृ त फेला परेका थिए ।

घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेको थियो ।

डिआइजी बिसीले ह त्यारा कार्की परिवारको नजिकको नाता पर्ने व्यक्ति भएको बताए । उनले व्यक्तिगत रिसिबीका कारण ह त्या भएको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए । पक्राउ परेका लोकबहादुरले आफुले तेजबहादुरको हेपाई सहन नसकेर आवेगमा ह’त्या ग’रेको प्रहरीसमक्ष बयान दिएका छन् ।

सोमबार बिहान धान गोड्नका लागि खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले पछाडीबाट टाउकोमा हा नेर ह त्या गरेका हुन् ।

तेजबहादुरलाई मात्र मा र्न चाहेको र उनको ह त्या गरेको परिवारका अन्य सदस्यले पनि देखेपछि प्रमाण मेटाउन अरुलाई पनि मा र्न बाध्य भएको लोकबहादुरले प्रहरीसमक्ष बयानमा भनेका छन् । लोकबहादुर एक वर्षदेखि मानसिक रो गीसमेत भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

About admin

Check Also

श्रीमान रोजगारीका लागि दुबईमा, कोठाभित्र मृ’तावस्थामा भेटिइन् रोजिना, ह,’त्या गरेको हुनसक्ने आशङ्का

मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवती आफ्नै कोठाभित्र मृ’तावस्थामा फेला परेकी छन् । आइतबार बिहान ७ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *