Monday , December 6 2021
Breaking News
Home / रोचक / उपरखुट्टी लगाएर बस्ने बानि छ? यसकारण हुनसक्छ हानिकारक, जानिराखौं।

उपरखुट्टी लगाएर बस्ने बानि छ? यसकारण हुनसक्छ हानिकारक, जानिराखौं।

एमसीसीकि फातिमा नेपाल आएर विभिन्न नेता तथा पूर्व प्रधानमन्त्रिका सामुन्ने पनि उपर खुट्टि लगाएर बस्दा उनकाे निकै आलाेचना भएकाे थियाे । यसरी उपरखुट्टी लगाएर बस्नुका बेफाइदा बारे चर्चा गर्दैछाै ।

खासगरी आफुभन्दा ठूलाबडा, गन्यमान्य व्यक्तिको सामुन्ने ‘उपरखुट्टी लगाउनु’लाई शोभनिय मानिदैन । उपरखुट्टी भनेको एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बस्नु हाे । किन यसो भनिएको होला ? जसरी बसेपनि के भो र ? बसाईको पोजिसनले पनि आदर/अनादर जनाउँछ र ? भन्ने लाग्न सक्छ ।

हाम्रो मनमा यस्तै प्रश्न उठ्थ्यो । आखिर उपरखुट्टी लगाउँदैमा किन अरुलाई टाउको दुख्नुपर्ने ?

खासमा पूर्खाहरुले जे जस्ता शिष्टचारका कुराहरु गरे र त्यसलाई पालना गराउने अनेक यत्न गरे, त्यसको पछाडि कुनै न कुनै रहस्य हुन्थ्यो । त्यसको वैज्ञानिक कारण हुन्थ्यो । तर, हामीले ठान्यौं, बुढाहरुको आडम्बरी कुरा हुन् यी ।

जबकी वर्तमान समाजमा सभ्यताको कुरा गर्दा हामी त्यही शिष्टचार पालना गर्न बाध्य छौं, जो हिजो हामीले लत्याएका थियौं । हाम्रा पिता-पूर्खाले सिकाएको शिष्टचारलाई हामीले ‘पुरानो सोंच’ भनेर उडाएपनि आज त्यो कति महत्वपूर्ण रहेछ भन्ने कुरा हामीलाई हेक्का हुँदैछ ।

खासमा पिता-पूर्खाले जे-जति कुराहरु गरे र आफ्ना पुस्तालाई त्यसमा अभ्यस्त गराउन खोजे, त्यो कुनै ‘वाहियात’ कुरा थिएन । ‘बेकारका बात’ थिएन । आडम्बर थिएन । ढोंग थिएन । त्यसको कुनै न कुनै अर्थ थियो ।

के रहेछ त अर्थ ?

खासमा खुट्टा क्रस गरेर वा उपरखुट्टी लगाएर बस्नुसँग शिष्टचारको कुरा किनपनि जोडिएको रहेछ भने, यो स्वास्थ्यका लागि हानिकारक रहेछ ।

उपरखुट्टी लगाएर बस्नुको हानिकारक प्रभाव शरीरमा पर्छ । हुन त हामी यसलाई स्टाइलको वा आरमको रुपमा लिन्छौं । कतिपय अवस्थामा आफुलाई ठूलो देखाउन पनि हामी उपरखुट्टी लगाउँछौं, तर यो पोजिसन सही होइन ।

यसरी उपरखुट्टी लगाएर बस्दा पेरोनोल नर्वमा दबाब पर्छ । साथै खुट्टाको नसामा त्यसले दबाब पैदा गर्छ । यसले मांशपेसीलाई संकुचित गराउँछ । र, अस्थायी प्यारालाइसिसको संभावना बढाइदिन्छ ।

यसको असर खुट्टामा मात्र पर्ने होइन । यसले गर्दन र ढाँडमा समेत नकारात्मक असर पार्छ ।

भेरिकोज भेन्समा नसा बढेको हुन्छ । कुनैपनि नसा भेरिकोज भेन्स नै हुनसक्छ । तर सबैभन्दा प्रभावित नसा हाम्रो खुट्टा र खुट्टाको पञ्जामा हुन्छ । त्यही कारण उभिदा वा घुम्दा हाम्रो तल्लो भागको नसामा दबाब बढ्छ । भेरिकोज भेन्स सामान्यत छालाको सतहमा देखिने निलो नसा हो । कहिले काहीँ यसले गंभिर समस्याको रुप लिन्छ ।

हुन त चिकित्सकहरु अझैपनि यसमा स्पष्ट छैनन् कि, उपरखुट्टी लगाउँदा त्यसले भेरिकाज नसाको कारण बन्छ कि बन्दैन । यद्यपी अधिकांश चिकित्सकले के भन्ने गरेका छन् भने, उपरखुट्टी लगाएर बस्दा त्यसले रक्त प्रवाहमा नराम्ररी असर पुर्‍याउँछ ।

रक्तचाप बढ्छ

जब हाम्रो रक्तचाप जाँच गरिन्छ, त्यसबेला चिकित्सकले खुट्टालाई सामान्य पोजिसनमा राख्न भन्छ । उपरखुट्टी लगाएको अवस्थामा रक्तचाप जाँच गरिदैन । किनभने उपरखुट्टी लगाएर बस्दा रक्तचाप स्वत बढ्छ ।

मांसपेशीलाई असर

उपरखुट्टी लगाएर बस्दा घुँडाको ठिक विपरितको मांसपेशीमा दबाब पर्छ, जसले खुट्टाको तल्लो भाग र खुट्टामा उत्तेजना पैदा गर्छ । यदि हामी लामो समयसम्म यही पोजिसनमा बस्यौं भने खुट्टाको मांसपेशी कमजोर एवं शिथिल हुनपुग्छ । पछि यही कारण मांसपेशी दुख्ने समस्या पनि हुनसक्छ ।

अस्थायी पक्षघात

जब हामी लामो समय उपरखुट्टी लगाएर बस्छौं । यो एक स्थितीको कारण बन्न सक्छ, जसलाई पेरोनेल नर्व पाल्सी भनिन्छ । यस्तो अवस्था आइसकेपछि खुट्टाको औंलाहरु ठिक ढंगले उठाउन सकिदैन । दक्षिण कोरियामा भएको एक अध्ययन अनुसार घण्टौंसम्म उपरखुट्टी लगाएर बस्दा अस्थाई पक्षघातको समस्या हुने जोखिम देखिन्छ ।

गर्दन र कम्मरको समस्या

यस पोजिसनमा लामो समय बस्दा पेल्भिक बोनको एक रोटेशन प्रभावित हुन्छ । यो हड्डी मेरुदण्डको हड्डीको आधार हो । यसमा दवाव परेपछि गर्दन र कम्मरको तल्लो भागमा दवाव पर्छ ।

थप अन्य समाचार

के गर्ने, जब विपरित स्वभावका साथीसँग जीवन विताउनुपर्ने हुन्छ ?

विज्ञान भन्छ, विपरित ध्रुबहरु आपसमा आकर्षित हुन्छन् । विज्ञानको यो सूत्र जीवनमा पनि काम लाग्छ। तर ईमान्दार हुनका लागि विज्ञानका अलावा, जीवनमा दर्शन पनि आवश्यक छ । निस्सन्देह, हाम्रो शरीर र दिमागले वैज्ञानिक ज्ञानको आधारमा धेरै हदसम्म काम गर्छ ।

उदाहरणका लागि यदि तपाईं अन्तर्मुखी स्वभावको हुनुहुन्छ भने तपाईं बहिर्मुखी स्वभावको व्यक्ति मन पराउनुहुन्छ । यदि तपाई चञ्चल प्रकृतिको मान्छे हुनुहुन्छ भने शान्त प्रकृतिको मान्छे धेरै मनपराउनु हुन्छ । यसरी हामी आफ्नोभन्दा फरक स्वभाव भएका व्यक्तिलाई मनपराउने गर्छौं ।

धेरै अनुसन्धानहरुले देखाएका छन् कि विपरीत स्वभावसँग मानिसहरुको सम्बन्ध लामो समयसम्म रहन्छ। तर यो सिक्काको एक पक्ष हो, जो विज्ञानद्वारा सञ्चालित छ । तर हामी पहिले नै भन्दै छौं, हाम्रो जीवनमा एक दार्शनिक कोण पनि छ।

जीवनको शब्दकोशबाट सही र गलतको धारणा हटाउनुहोस्

यदि तपाईं लामो समयका लागि कुनैपनि सम्बन्धमा रहन चाहनुहुन्छ भने सबैभन्दा पहिले सही र गलतको धारणाबाट मुक्त हुनुपर्छ । मानौं तपाईं एक अन्तर्मुखी हुनुहुन्छ र तपाईंको साथी बहिर्मुखी छन् भने दुवै मानिसहरु पहिले एक अर्काको विपरीत स्वभावको कारण एकअर्काप्रति आकर्षित थिए। तर समयसँगै, पार्टनरको सानासाना कुराहरु रिसाउन थाल्छन् ।

यस्तो अवस्थामा हामी या त साथीलाई पनि आफू जस्तै बनाउन चाहन्छौं या त साथी जस्तै बन्न प्रयास गर्छौं । किनकि हामीलाई लाग्छ, दुईमध्ये एक राम्रो स्वभावको छ र अर्को खराब छ। यस मामलामा झगडा तपाईंहरू दुईको बीचमा हुन्छ । यदि तपाईं वा तपाईंको साथी चुपचाप बसेरै तपाईंभित्र परिवर्तन ल्याउने चेस्टामा छन् भने थाहा पाउँदा हुन्छ तपाईंको स्वभावसँग ऊ रिसाएको छ ।

यही रिस बाहिर निस्किएपछि एक आपसमा द्वन्द्व सुरु हुन्छ । त्यसैले फरक खालको व्यवहार भए पनि न त उसलाई परिवर्तन गराउनुहुन्छ न त आफू परिवर्तन हुनुहुन्छ । जो जस्तो स्वभावको हुनुहुन्छ उस्तै राख्नु उचित हुन्छ ।

दुवैबाट एउटा साझा बाटो खोज्नु उपयुक्त हुन्छ

माथि भने जस्तै न त तपाईंले आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्नुहुन्छ न त पार्टनरको स्वभावमा परिवर्तन ल्याउने प्रयास गर्नु उचित हुन्न । तर दुबै मानिसहरु एक अर्कालाई आफ्नै शर्तमा छोडेर बाँच्न सक्दैनन्। यस्तो अवस्थामा तपाईंको सम्बन्ध चाँडै तोडिने हुन्छ । यदि पार्टनरलाई पार्टी मनपर्छ तर तपाईंलाई मन पर्दैन भने बीचको बाटो यो हुन सक्छ कि पार्टनरले हरेक दिनको सट्टा एक दिन पार्टी गर्ने र तपाईंले पनि एकदिनको पार्टीमा सहभागिता जनाउन सक्नुहुन्छ ।

त्यस्तैगरी, तपाईंको छनौटको गतिविधिमा तपाईंको साथीलाई शामेल गर्नुहोस् । यस तरिकाले तपाईं दुवैले केही नयाँ सिक्न पाउनुहुनेछ। तपाईं पनि एक अर्कासँग गुणस्तरीय समय बिताउन पाउनुहुनेछ । यो नछुटाउनुहोस् कि तपाईंको पार्टनरले हरेक गतिविधिमा तपाईंलाई साथ दिएको हुनुपर्छ ।

अलगअलग दृष्टिकोणलाई नै सम्बन्धले जोड्नुहोस्

हरेक सम्बन्धमा दुवै जनाको दृष्टिकोण एउटै खालको हुन्छ । उनीहरूको जीवन बोरिङ र निरस बन्छ । उनीहरु जीवनमा साहसिक काम गर्न सक्दैनन् । अर्कोतर्फ जब तपाईंहरू दुवैको विचार फरक प्रकारको हुन्छ भने तब हरेक दिन तपाईंहरू दुवैले नयाँ तर्क सुन्न पाउनुहुनेछ ।

तपाईंहरू दुवैले हरेक कुरालाई नयाँ तरिकाबाट हेर्न पाउनुहुनेछ । आफ्नो वैवाहिक जीवनलाई खुसियाली बनाउनको लागि यस्ता विषयमा ध्यान दिनुपर्छ जसले दुई जनाको सम्बन्धलाई सुमधुर बनाएराखोस् । जहाँ विचार फरक भए पनि भावनाले साइनो जोड्न सकियोस् ।

About admin

Check Also

दिदी भिनाजुको झगडा मिलाउन साली अघी सर्दा…

काठमाडाैँ । एक भिनाजुले सालीमाथि कुटपिट गरेका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका -५ गेटाका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *