Tuesday , October 19 2021
Breaking News
Home / समाचार / ४ पुस्तालाई एउटा चिहान बनाउने यिनै हुन् लोकबहादुर

४ पुस्तालाई एउटा चिहान बनाउने यिनै हुन् लोकबहादुर

सङ्खुवासभा घट्नाका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले आरोपी लोकबहादुर कार्कीलाई सर्वाजनिक गरेको हो ।

गत सोमबार सङ्खुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, १९ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ह’ ‘त्या भएको थियो । उनीहरुको ह’ ‘त्या आरोपमा प्रहरीले शनिबार २६ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

कार्कीले ब्यक्तिगत रिसिईवीका कारण ठूलो बुवा पर्ने तेजबहादुरलाई मा’रेको स्वीकारेको प्रहरीले जनाएको छ । ठूलो बुवा तेजबहादुरले आफूलाई पटक पटक हे’पेर बोली ब्यावहार गरेकोले ज्यान लिएको कार्कीले स्वीकार गरेको बताईएको छ । तेजबहादुरको ह’ ‘त्या गर्ने क्रममा अरु सदस्यहरु पनि आएपछि सवैको ह’ ‘त्या गरेको उनले स्वीकारेका हुन् ।

२६ बर्षीय लोकबहादुर कार्कीले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको छिमेकी चन्द्रबहादुर थापाले जानकारी दिए । थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि बर्षदिन नपुग्दै फर्किएर गाउँमा बस्दै आएका थिए ।

६ बर्ष अगाडि मलेसिया गए पनि १० महिनामा आफु विदेश जाँदाको ऋण समेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः बैदेशिक रोजगारीको लागि कतार पुगे नौ महिना नपुग्दै घर फर्किएको थियो । कार्की कहिले राती घर बास नआउने, कहिले राती घरबाट हराउने, गाउँका बेकामे केटाहरुसँग बिना काम डुलिहिड्ने जस्ता ब्यावहार गर्दै आएको थापाले बताए । ‘म’रेर जाने ठुलो बाले जस्तै मैले पनि सम्झाउथे, कराउँथे यहि पारा हो भने त मेरो पनि ज्यान जोखिममा रहेछ’, थापाले भने ।

गत चैत २६ गते आमा बितेपछि बुवा र भाई सहित तीन जनाको परिवारमा लोकबहादुर बस्दै आएका थिए । ह’ ‘त्या गरिएको तेजबहादुरको घरमा उनको आमा बे’होस भएपछि उपचारको क्रममा झापामा मृत्यू भएको थियो । उनको आमाको मृत्युको कारण पनि तेजबहादुर नै भएको लोकबहादुरले आरोप लगाउदै आएको छिमेकीहरुले बताउने गरेका छन् ।

६ जनाको ह’ ‘त्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए। उनले बडाबाबु (तेजबहादुर कार्की)सहित ६ आफन्त गु’माउनुपरेकोमा बिलौना गर्ने गरेका थिए। तेजबहादुरको कोहीसँग रिसइबी नभएको, मिलनसार भएको बताउने गरेका थिए। सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको उनको भनाइ थियो।

तर, उनका भाइ घटनाका बेला लगाएको सर्ट लगाएर बाहिर निस्किएपछि अनुसन्धान उनको परिवारमै केन्द्रित भयो। उक्त कपडा धोए पनि रगतको टाटा देखिएपछि गो’प्य रूपमा अनुसन्धान गर्दा सफलता मिलेको स्रोत बताउँछ। उक्त कपडासहित घटनामा प्रयोग गरेका सामान प्रहरीले ब’रा’मद गरेको छ।

आफूमाथि गरेको अपमानको ब’दला लिन सुरुमा तेजबहादुरको ह’ ‘त्या गरेको र त्यसलाई लुकाउन अन्यको ह’ ‘त्या गरेको बयान उनले दिएका छन्। आरोपीले उक्त दिन घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार आरोपीले घटना देख्ने सबैलाई मा’र्ने योजना बनाएको कुरा प्रहरीसमक्ष बताएका हुन् ।

प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा लोकबहादुरले उक्त दिन वरिपरि भएका सबैलाई मा’र्ने योजना बनाएको बताएका छन् । प्रहरीसमक्ष लोकबहादुरले भनेका छन्, ‘मेरो टा’र्गेट र रि’स भनेको काका (तेजबहादुर) मात्रै हुन्, तर मैले हा’नेको देखेपछि सबैलाई हा’नेको हुँ । अरूले देखेको भए अरूलाई पनि हान्थे र मा’र्थेँ ।’

जब बिहानै तेजबहादुर घरबाट निस्किन लागे लोकबहादुरले तेजबहादुरलाई आ’क्र’म’ण गर्ने सोच बनाए । अनि घर नजिकै रहेको दाउराको चाङबाट एउटा चि’र्पट निकाले, अनि तेजबहादुर अगाडि बढेपछि उनी खोल्सीमा पुगेर तेजबहादुरमाथि आ’क्र’म’ण गरे ।

तेजबहादुरले ‘लोकेले मा–यो, गुहार …’ भनेर चिच्याएपछि उक्त चि’च्च्याहटका कारण तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ आए । घटनामा सं’लग्न लोकबहादुर कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले पहिले कमलामाथि पनि त्यही चि’र्पटले टा’उकोमा प्र’हा’र गरे ।

कमला पनि ल’डे लगत्तै तेजबहादुरकी बुहारी रञ्जना बे’हो’स भएर ढलिन् । तर लोकबहादुरले बे’हो’सी अवस्थामै रञ्जनामाथि पनि प्र’हा’र गरे । तीन जनामाथि आ’क्र’म’ण गरेको दुई बालबालिकाले पनि देखे । त्यसपछि उनीहरूलाई पनि आ’क्र’म’ण गर्न जाँदा बालबालिकाहरू भा’गे । उनीहरूलाई ल’खे’ट्दै ल’खे’ट्दै टाउकोमै चि’र्प’ट हा’ने’र ह’ ‘त्या गरियो ।

घरमा बुढी हजुरआमा कान सुन्ने र आँखा देख्ने हुनुहुन्थ्यो । गुहारको चि’च्च्याह’ट सुनेको र आफूलाई देखेको हुनसक्ने डर लोकबहादुरलाई भयो, त्यसपछि उनले गाई वस्तुलाई दिन कुँडो (खोले) पकाइरहेकी बुढी हजुरआमालाई पनि आ’क्र’म’ण गरी ह’ ‘त्या गरे । वरिपरि नदेखेको र कान पनि नसुन्ने कारण वृद्ध हजुरबुवा बौद्धमानलाई भने उनले केही गरेनन् । ह’ ‘त्यामा प्रयोग भएको चि’र्पट वारदातपछि उनले अगेनोमा ज’ला’एको पनि बयान दिएका छन् ।

प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रिसराग’ थियो कि भनेर खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन। जिल्ला नै ‘सिल’ गर्दा पनि शं’का’स्पद मानिस भेटिएन। त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो। सोधपुछ गर्दा भने उनी ‘अनकनाएर’ बोल्थे। यसकारण प्रहरीले उनलाई ‘निगरानी’मा राखेको थियो। प्रहरीले घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाइएको थियो।

ह’ ‘त्याको खबर छिमेकीलाई लोकबहादुरले नै दिएको थियो । लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा ल’डि’र’हेको देख्ने पहिलो व्यक्ति भनिएको थियो । त्यसैले रिपोर्टिङका लागि पुग्नेहरुले उनलाई खोजे । उनले पनि घटनाबारे अन्तर्वार्ता दिएका छन्, जसका क्रममा बाहिरकै मान्छे आएर ह’ ‘त्या गरेको आ’शं’का गरेका छन् ।

‘बडाउ(तेजबहादुर) को दु’श्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शं’का’को मान्छे कोही छैन मेरो विचारमा ।’ तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘रिसइबीले नै हो कि जस्तो छ । यो घटना ग’म्भीर छ ।’डराएको जस्तो देखिने उनले अन्तर्वार्ताका क्रममा राति सुत्न पनि नसकेको बताएका छन् ।

उनी ह’ ‘त्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे। झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको ह’ ‘त्या गर्लान्? सुरूमा त प्रहरी नै अन्योलमा थियो। प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रिसराग’ थियो कि भनेर खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन।

About admin

Check Also

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *