Monday , October 25 2021
Breaking News
Home / समाचार / काठमाडौंं आउँदै गरेको सवारी दुर्घटना : एकको मृत्यु, चार जना गम्भीर घाइते

काठमाडौंं आउँदै गरेको सवारी दुर्घटना : एकको मृत्यु, चार जना गम्भीर घाइते

काठमाडौं, भदौ २७ – मानेभन्ज्याङ गाउँपालिका-६ हिलेपानीमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेदेखि काठमाडौं आउँदै गरेको बा ११ च ५२१० नम्बरको जिप सडकदेखि ५० मिटर तल खसेको थियो ।

घटनामा बाराका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । जिपमा चालकसहित १० जना सवार थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकजना नाबालक शिशुसहित चारजनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरीका डिएसपी गोविन्दराज काफ्लेले बताए । घाइतेहरूलाई हाल उपचारका लागि उदयपुरको घुर्मी पुर्‍याइएको छ ।

गम्भीर घाइतेहरूलाई थप उपचारको लागि काठमाडौं लैजान हेलिकप्टरको लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ । डिएसपी काफ्लेसहितकोे टोली घटनाथस्थलमा गइरहेको र यसबारे पूर्ण विवरण आउन बाँकी छ ।

ग्यास सिलिण्डर फेर्ने क्रममा आगलागी हुँदा तीन जना घाइते – खाना पकाउने ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा झापाको अर्जुनधारा नगरपालिका–७ मा एकै घरका तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार शनिबार साँझ रोमनाथ खनालको घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई आगलागी भएको हो ।

आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पंकज खनाल घाइते भएका हुन् । उनीहरुको विराटनगरस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको आचार्यले बताए । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको छ ।

About admin

Check Also

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक फ,’सादमा

‘हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *