Thursday , January 20 2022
Breaking News
Home / मनोरंजन / यस्तो अनौठो कारण देखाउदै दक्षिण भारतीय फिल्मकै सुन्दर जोडी सामन्था र नागा चैतन्यको डिर्भोष हुँदै !

यस्तो अनौठो कारण देखाउदै दक्षिण भारतीय फिल्मकै सुन्दर जोडी सामन्था र नागा चैतन्यको डिर्भोष हुँदै !

एजेन्सी- दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र अभिनेता नागा चैतन्यको डिर्भोष हुन लागेको बताइएको छ । भारतिय मिडियाका अनुसार फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने नागाको चाहानामा सामन्था सहमती हुन नसकेपछि यो जोडी छुट्टिन लागेको बताइएको छ ।

सन् २०१७ मा विवाह गरेका उनीहरु दक्षिण भारतीय फिल्मकै सुन्दर जोडीको रुपमा परिचित छन् । केही समयअघिदेखि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर बाहिर आएको थियो । यो जोडीले हालैमात्र म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन् ।

विवाह पछि सामन्थाले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन् । उनी कैयौंपटक सामाजिक सञ्जालमा नागासँगको तस्वीर राख्छिन् । यद्यपि नागा सामाजिक सञ्जालमा त्यति सक्रिय छैनन् । तर केही समय अघि सामन्थाले सामाजिक सञ्जालबाट अक्किनेनी हटाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको हुनसक्ने अनुमान लगाइएको थियो ।

नागासँग विवाह हुनुअघि सामन्था रंग दे बसन्ती अभिनेता सिद्धार्थसँग प्रेममा थिइन् । नागा नागार्जुनका छोरा समेत हुन् । उनले अहिलेसम्म थुप्रै फिल्ममा अभिनेताको रुपमा काम गरेका छन् ।

About admin

Check Also

१५ बर्ष देखि श्रीमानसँग छुट्टिएर एक्लै बसेकी मधु क्षेत्रीसँगको कुराकानी यसो भन्छिन्…. (हेर्नुस भिडियोमा)

उनको नाम मधु छेत्री रहेको छ । उनी अहिले अलिक चर्चामा आइरहेका छिन। उन्को विभिन्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *