Friday , September 24 2021
Breaking News
Home / अन्तरास्ट्रिय / ‘वेडिङ फोटोशुट’का क्रममा १९०० फिट उचाइमा बेहुलीले श्रीमानको हात छोडेपछि…

‘वेडिङ फोटोशुट’का क्रममा १९०० फिट उचाइमा बेहुलीले श्रीमानको हात छोडेपछि…

काठमाडौं। साहसिक कुराहरु मन पराउने एक नवविवाहित दम्पतीले आफ्नो वैवाहिक फोटोसुटका लागि भीरको टुप्पामा पोज दिएका छन् । कोभिड–१९ का कारण आफ्नो विवाह भव्य बनाउन नपाएपछि उनीहरुले यो साहसिक तरिका रोजेका हुन् । अमेरिकाको अर्कन्सास राज्यको माउन्टेन होमका ३० वर्षका र्यान र २८ वर्षकी स्काइ मायर्सले आफनो विवाह कार्यक्रम भव्य बनाउन चाहेका थिए तर कोरोनाभाइरस प्रतिबन्धका कारण योजना बदल्नुपरेको थियो ।

आफ्नो योजना परिवर्तन गर्नु परेपछि यी साहसी जोडीले आफ्नो विवाहको खुसीयाली हक्सबिल क्रागमा साहसिक फोटोसुट गरेर मनाउने निर्णय गरे । यो भीर उनीहरुको गृहराज्यमा ह्वाइटेकर प्वाइन्ट ट्रेकिङ रुटमा पर्छ । फोटोसुटका क्रममा भीरको छेउमा श्रीमानको हात समाएर त्यसैको सहारामा उभिएकी स्काइले अचानक श्रीमानको हात छोडेको पल पनि क्यामेरामा कैद भएको छ । यद्यपि अर्को एउटा फोटोमा उनले सेफ्टी रोप लगाएको खुलासा हुन्छ ।

द सनका अनुसार यी दुईका फोटोहरु फोटोग्राफर मेसन गार्डनरले खिचेका हुन् । र्यानका अनुसार उनीहरु ४ वर्षभन्दा धेरै समयदेखि साथमा थिए । गएको जूनमा मात्र उनले अब आफू स्काइसँग बिहे गर्नको लागि अझै लामो समय प्रतिक्षा गर्न नसक्ने कुरा स्काइलाई बताएका थिए । उनीहरु भव्य बिहे चाहन्थे तर स्काइले नर्सिङको पढाइ सुरु गरेकोले उनीहरुसँग समय थिएन । त्यसमाथि कोरोनाभाइरस प्रतिबन्धका कारण उनीहरुले यो तरिका सोचेका थिए ।

About admin

Check Also

सिद्धार्थ शुक्लाको निधनपछि कस्तो छ शेहनाजको अवस्था ? अभिनेताले भने, ‘भगवान् थोरै त दया गर’

एजेन्सी – बलिउडका उदीयमान अभिनेता सिद्धार्थ शुक्लाको असायमयिक निधनले बलिउड इन्ड्रस्टी नै स्तब्ध भयो। विशेषगरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *